बसिरहँदा रोग लाग्ने



लामो समयसम्म एकै ठाउँमा बसेर काम गर्दा मोटोपन हुने, हृदयघात हुने र अन्य रोगले समेत समात्ने सम्भावना धेरै हुने पाइएको छ ।

अमेरिकन जर्नल अफ मेडिसिनमा उल्लेख भएअनुसार ५ घन्टा लगातार बसेपछि शरीरमा हानिकारक संकेत देखिन थाल्छ । यसैका कारण शरीरमा रहेको ग्लुकोज र बोसोमा परिवर्तन भएर शुरुमा ढाड दुख्ने र पछि अरु विभिन्न समस्या आउने स्वास्थ्य वैज्ञानिक रिचार्ड ग्रिलले बताएका छन् ।

बिहान दैनिक व्यायाम गर्ने तर अरु समय लामो अवधिसम्म बसिरहनेहरुको पनि स्वास्थ्यमा समस्या आउने हुन्छ । त्यस्ता व्यक्तिले समय–समयमा उठ्ने र हिँड्ने बानी बसालेमा स्वास्थ्यमा फाइदा पुग्ने वैज्ञानिक रिचार्डले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्