उमेरअनुसार यौन आनन्द



हिक्मत डंगोल

यौन मानव विकासक्रमको सुन्दर अवस्था हो । करिब १३ वर्षको उमेरपछि केटाहरुको अण्डकोषमा शुक्रकीट देखा पर्न थाल्छन् । स्वप्नदोष अर्थात् सपनामा यौनक्रीडा गरेको देख्छन् र वीर्यपतन भएको अनुभव हुन्छ । त्यस्तै युवतीहरुलाई रजश्वला भएपछि सहवास गर्न तत्पर भएको संकेतका रुपमा लिने गरिन्छ । युवती रजश्वला हुनु यौवनको भरपर्दो सूचना मानिन्छ ।

प्रसिद्ध सेक्स थेरापिस्ट डा। रिचर्ड ए। केरोलको भनाइअनुसार यौनका हिसाबले मानव विकासका तीनवटा अवस्था छन्– यौवनावस्था, प्रौढास्था र वृद्धावस्था । डा. रिचर्ड भन्छन्, ‘यी तीन अवस्थामध्ये यौवनावस्थालाई सर्वोत्तम अवस्था मानिन्छ । कारण यौवनावस्था मानवजीवनको वसन्त ऋतु समान हुन्छ । यो उमेरमा कामवासना निकै जाग्ने गर्दछ । तर आजको दैनिक जीवनमा प्रायजसोलाई तनाव भइरहेको हुन्छ । पारिवारिक, मानसिक, आर्थिक, व्यावसायिक र शारीरिक तनावले गर्दा रातको एकान्तमा बेडमा सुतिरहेकी पत्नीले बोलाउँदा पनि ‘नो डियर आज मुड छैन’ भन्न बाध्य पारिदिन्छ । यसले यौन जीवनमा थप तनाव पैदा गरिदिन्छ र यौन जीवनलाई भताभुङ्ग पारिदिन्छ ।

अमेरिकी यौन मनोचिकित्सक डा. मर्लिन वाकरका अनुसार तनाव र यौनबीच घनिष्ट सम्बन्ध छ । निकै तनावग्रस्त व्यक्तिको जीवनमा यौनले नराम्रो प्रभाव पार्दछ । हर्मोन विशेषज्ञ डा। किसलिगका अनुसार तनावले टेस्टोस्टेरोन नामक हर्मोनको स्तरमा तीव्र कमी आउँछ । यसबाट व्यक्तिको यौन इच्छामा कमी आउन थाल्छ ।

यौवनावस्थालाई सर्वाेत्तम अवस्था मानिन्छ । कारण यौवनावस्था मानवजीवनको वसन्त ऋतु समान हुन्छ । यो उमेरमा कामवासना निकै जाग्ने गर्दछ । तर आजको दैनिक जीवनमा प्रायजसोलाई तनाव भइरहेको हुन्छ । पारिवारिक, मानसिक, आर्थिक, व्यावसायिक र शारीरिक तनावले गर्दा रातको एकान्तमा बेडमा सुतिरहेकी पत्नीले बोलाउँदा पनि ‘नो डियर आज मुड छैन’ भन्न बाध्य पारिदिन्छ

अमेरिकाको ‘द सोसाइटी फर सेक्स थेरापी एन्ड रिसर्च’ नामक संस्थाले २०, ३०, ४० र ५० वर्षदेखि ६० वर्षसम्म यौनलाई कसरी सन्तुलित तुल्याउने भन्ने बारेमा अनुसन्धान गरेको थियो । यी विभिन्न उमेरमा स्वास्थ्य र यौनलाई कसरी सचेत पार्ने भन्ने बारेमा एक प्रतिवेदन नै तयार गरिएको छ ।

२० वर्षको उमेरमा यौन

अमेरिकी मनोचिकित्सक डा. मर्लिन वाकर भन्छन्, ‘१८ वर्षको युवावस्थामा यौनसम्पर्कको चाहना अति उच्च विन्दुमा पुग्छ । हरेक क्षण उत्तेजित र मनमा अनेकाैँ कामुक विचारहरु आउँछन् । कुनै युवतीको नाङ्गो भाग देख्नेबित्तिकै लिंग उत्तेजित भएर थामी नसक्नुको अवस्था हुन्छ । अनि यौन उन्मादलाई शान्त पार्नका लागि हस्तमैथुनको सहारा लिन पुग्छन् भने कोही स्त्री पार्टनर र कल गर्लसित अवैध यौनसम्बन्ध राख्न पुग्छन् । यसबाट यौनसम्बन्धी अनेकौं रोग लाग्ने एवं स्वास्थ्यमा नकारात्मक असर पुग्ने हुन्छ ।’

अर्की यौनविद् डा. शिलासिगर भन्छिन्, ‘यो उमेरमा युवावर्ग उत्ताउलो पाराको यौनसम्पर्कमा लिप्त हुन्छन् अनि अनुभवहीन साथीहरुले दिएका सल्लाहको कारण शीघ्र पतनको सिकार हुने गर्छन् । भरपूर जोशको कारणले जुनसुकै युवतीसँग पनि यौनसम्पर्क गरेर रोगको दलदलमा फस्ने गरेका उदाहरण प्रशस्त पाइन्छ ।’

डा. शिलासिगर जथाभावी यौनसम्पर्क नगरी संयमित भएर यौनसम्पर्क गर्नुपर्ने कुरामा जोड दिँदै भन्छिन्, ‘जोसुकैसँग यौनसम्बन्ध बनाउनुहुँदैन । यस्तो कार्य गर्ने गरेको भए पनि छोडिदिनुपर्छ । यदि यस प्रकारको यौनसम्पर्क गर्नै पर्ने अवस्था आएमा कन्डमको प्रयोगचाहिँ अवश्य गर्नुपर्छ । यसबाट एड्सलगायत अनेकौं घातक रोगहरुबाट बच्न सकिन्छ । यो उमेरमा यौनसम्बन्ध राख्न हतारिनुहुँदैन । कसै–कसैले गर्भावस्थामा पनि यौनक्रीडा जारी राखेका हुन्छन् । गर्भावस्था अत्यन्तै संवेदनशील अवस्था हो । यस्तो अवस्थामा यौनसम्पर्क गर्दा गर्भाशयको शिशुलाई प्रतिकूल प्रभाव पर्दछ । यस कुराको ज्ञान हुँदाहुँदै पनि उनीहरुले त्यस अवस्थामा यौनसम्पर्क गर्ने गरेको पाइन्छ । यसका कारण कालान्तरमा अनेकौं विकृत्तिहरु आउन सक्छन् ।’

डा. शिलासिगरले लामो खोज र अनुसन्धान गरी त्यसलाई आधार मान्दै भनेकी छन्, ‘संयमी र दृढ मन भएको युवाले मात्र गर्भावस्थामा सहवास गर्नबाट आफूलाई रोक्न सकेका हुन्छन् । अमेरिकामा ८५ प्रतिशत युवाले ७ महिनाको गर्भावस्थामा पनि सहवास गरी आफ्नो पत्नीलाई पीडा दिएका थुप्रै उदाहरण पाइएका छन् ।’

ह्युमन सेक्सुअल रेस्पोन्समा कार्यरत डा. जानसन भन्छन्, ‘केही स्त्रीहरु गर्भावस्थामा शिशुको रक्षाको लागि श्रीमान् आफूबाट टाढा रहोस् भन्ने चाहन्छन् । केही दम्पतीहरु यसबारेमा आपसमा छलफल गर्छन् । तर धेरै स्त्रीहरुले यस्तो अवस्थामा यौनसम्पर्क गर्न आपूmले इन्कार गर्दा श्रीमान् बेचैन हुने र रिसाहा बन्न पुग्ने गर्छन् ।’ तर एक युवा जेकब भन्छन्, ‘मेरी श्रीमती बुझ्ने भएकीले गर्भकालमा पनि यौनसम्पर्क गर्न तयार भएकी थिइन् । मैले ८ महिनाको गर्भकालमा पनि श्रीमतीसँग यौनसम्पर्क गरेको छु ।

यसमा मैले छुट्टै आसन प्रयोग गरेर श्रीमतीलाई कष्ट नदिईकन तृष्णा मेटाएको छु ।’ अर्का यौनविद् डा। रिड मस्कोट भन्छन्, ‘युवा उमेरमा कामोत्तेजनालाई नियन्त्रण गर्दा विभिन्न मनोवैज्ञानिक समस्या उत्पन्न हुन्छ । यसले गर्दा स्त्री–पुरुष शान्त र सुखी हुन सक्दैनन् । यौनकुण्ठाले मनमा चस्स पार्छ । तसर्थ २० वर्षको सेरोफेरोको उमेरमा स्वाभाविक इच्छालाई दमन नगरेकै बेस ।’

३० वर्षको उमेरमा यौन

३० वर्षको उमेरमा पुरुषमा बढी जिम्मेवारी हुन्छ । पढाइ, काम र भविष्यप्रतिको चिन्ताले गर्दा यौन इच्छामा पहिलेभन्दा कमी आउँछ । शीघ्र पतनलगायत अन्य यौनसम्बन्धी समस्या पनि देखा पर्दछ ।

अमेरिकास्थित इन्डियाना युनिभर्सिटीका मनोविज्ञान प्रोफेसर वेरी एडम भन्छन्, ‘आजकलको व्यस्त समयमा यो उमेर समूहका पुरुषहरुले धेरै काम भ्याउनुपर्ने हुन्छ । जस्तो– नोकरीमा दिनभर दौडधूप र काम गर्नुपर्छ । यसले थकित बनाउँछ । घर आएपछि पनि पत्नी र बच्चाको हेरविचारमा लाग्नुपर्ने हुन्छ, जसबाट शारीरिक एवं मानसिक थकान उत्पन्न हुन्छ । यसले गर्दा पुरूषले यौनका बारेमा धेरै सोच्ने समय पाउँदैन । अर्कोतिर स्त्री प्रायः दिनभरि घरमै हुन्छिन् । उनलाई उत्तेजना बढेको हुन्छ तर पुरुषले ध्यान दिन नसक्दा दाम्पत्य जीवन रुखो बन्न पुग्छ ।’

स्त्रीरोग विशेषज्ञ डा. डल्ली चेयमन भन्छिन्, ‘एकजना ३५ वर्षको युवकले दिनभरि धेरै काम गर्नुपथ्र्यो । उनी थकित हुन्थे । उनी हरेक रात यौनसम्पर्कका वेला श्रीमतीलाई तिमी सन्तुष्ट छौ कि छैनौ रु भनेर सोध्ने गर्थे । श्रीमती उनको कामुकताबारे बखान गरेर लोग्नेलाई सन्तुष्ट तुल्याउँथिन् । सबै ठीक छ तर अलि बढी उत्तेजित भएर यौनकार्य गर्दा अझ रमाइलो हुन्थ्यो भन्थिन् । अब यहाँ विचार गर्नुपर्ने कुरा के हो भने, पुरुषमा दिनभरिको थकानले यौन उत्तेजनामा कमी आएको थियो । यौनसम्पर्कका समयमा शरीरलाई भरपूररुपमा कामुक अवस्थामा ल्याउन आवश्यक हुन्छ । सहवासको क्रममा यौनकुण्ठा जन्मियो भने मानसिक तनाव र अस्थिरता आउँछ, जसले अनिद्रा र रक्तचाप बढाउने गर्छ ।’

यसमा डा. डल्ली अगाडि भन्छिन्, ‘यो समयमा पत्नीको लागि समय निकाल्नु अति जरुरी छ । पत्नीको सहयोग लिएर यौनको आनन्द लिनुपर्दछ ।’ अर्का यौनरोग विशेषज्ञ डा। आरनोल्ड किगेल भन्छन्, ‘३५ वर्ष कटेपछि पुरुषमा स्वस्थ वीर्यको कमी हुन सक्छ भने स्त्रीमा प्रजनन क्षमतामा कमी आउन थाल्छ । तसर्थ पुरुषले वीर्य स्वस्थ छ कि छैन भनेर विशेष जाँच गराउनुपर्छ । पत्नीले पनि ४० काट्नुअघि कस्तो बच्चाका चाहना छ, सो बारे पहिले नै योजना बनाउनुपर्छ ।’

४० वर्षको उमेरमा यौन

४० वर्ष कटेपछि शरीरमा अनेक समस्या देखा पर्छन् । पुरुषको लिंगमा पनि परिवर्तन आउन थाल्छ । संवेदनशीलता पनि कम हुन थाल्छ । जुन पुरुषले आफ्नो शरीरको फिटनेसमा ध्यान दिन्छ, उसले यो उमेरमा यौनको भरपूर आनन्द प्राप्त गर्छ । उसले नियमितरुपमा यौनसम्पर्क पनि गर्छ ।

यससम्बन्धमा डा। डगलस मिथ भन्छन्, ‘४५ वर्षीय पिटर जेफलाई नोकरीबाट हटाइएको थियो । उसलाई ठूलो आघात पर्‍यो । दैनिक व्यवहार चलाउने झमेलामा ऊ फस्न पुग्यो । आर्थिक अभावका कारण उसलाई अपार्टमेन्टको बिल तिर्न पनि समस्या भयो । यस्तै अवस्थामा उसले श्रीमतीसँग यौनसम्बन्ध गर्न खोज्यो तर उसको लिंग उत्तेजित हुन सकेन । उसले आफू मानसिक एवं शारीरिकरुपमा तयार भएपछि मात्र यौनसम्पर्क गर्नुपथ्र्यो । तर मानसिक तनाव झेलेको बखतमा उसले सहवास गर्न खोज्दा ऊ सफल हुन सकेन । उसको यौनाङ्गले साथ दिएन । श्रीमतीसहित ऊ उपचारको लागि मकहाँ आयो । मैले उसलाई मनोवैज्ञानिकरुपले परामर्श दिएपछि उत्प्रेरणा जाग्यो र केही दिनपश्चात् नै पिटर आफ्नो पूर्वअवस्थामा आयो ।’ यससम्बन्धमा हर्मोन विशेषज्ञ डा। डेनियल स्टीन भन्छन्, ‘४५ वर्षपछि प्रायजसो पुरुषको सेक्स हर्मोनमा निकै कमी आउँछ । यसको कारण पुरुषको यौन इच्छामा कमी आउन थाल्छ । मानसिक तनावले पनि यौन इच्छामा कमी आउँछ । त्यसै गरी रोगलाई निको पार्ने औषधिको प्रयोगले पनि यौनक्षमता घटाइदिन्छ ।’

डा. डेनियल अगाडि भन्छन्, ‘यौन एउटा स्वाभाविक रुपको जरुरी खाना हो । यसको लागि तनावरहित र स्वस्थ मानसिकता बनाउन जरुरी हुन्छ । साधारण तनाव पनि यो उमेरमा यौनका लागि बाधा उत्पन्न गर्ने कारण बन्न सक्छ ।’

५० वर्षको उमेरमा यौन

वासिङ्टनका यौन विशेषज्ञ डा. एड्मन भन्छन्, ‘५० देखि ६० र त्यो भन्दा माथिल्लो उमेरमा पनि मानिसको यौनशक्ति कमजोर हुँदैन । शरीर स्वस्थ छ भने अवश्य पनि ऊ यौनको आनन्द लिन सक्षम हुन्छ । तर केही पुरुषहरुमा यौनक्षमतामा कमी आउँछ । मुख्यतया उसले प्रयोग गर्ने औषधिको प्रभाव पनि कारक हुन्छ । डिप्रेसन हुनु, प्रोस्टेट ग्रन्थि बढ्नु आदि समस्याको कारणले पनि यस्तो हुन्छ । ६० वर्ष उमेर काटेपछि शरीरका केही भागहरु सुस्त हुन्छन् । त्यसैले उत्तेजनाको आदेश अलि ढिला पुग्छ ।’

डा. एड्मन अगाडि भन्छन्, ‘तर नियमितरुपले शारीरिक कसरत गर्नाले मानसिक एवम् शारीरिक अवस्था ठीक हुन्छ र मुटु पनि सक्षम रहन्छ । आफूले चाहेको विशेष यौनआसनमा बसेर यौनको भरपूर आनन्द उठाउन सकिने हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्