असुरक्षित यौनसम्पर्कले बढी एचआईभी



हरेक वर्षझैँ यस वर्ष पनि डिसेम्बर १ मा विश्व एड्स दिवस नेपालमा समेत मनाइयो । एचआईभी÷एड्स सम्बन्धी रोकथाम, हेरचाह, सहयोग एवं उपचार सेवामा विश्वको ध्यानाकर्षण गर्न सन् १९८८ देखि यो दिवस मनाइँदै आएको छ । ‘एचआईभीे नियन्त्रणमा समुदायको प्रभावकारी भूमिका’ यस वर्षको एड्स दिवसको नारा रहेको थियो ।

हाल विश्वमा ३ करोड ७९ लाख व्यक्तिमा एचआईभी संक्रमण भएको अनुमान छ भने नेपालमा करिब २९ हजार ९ सय जनामा एचआईभी संक्रमण भएको अनुमान छ । नेपालमा करिब ७६ प्रतिशत एचआईभी संक्रमण असुरक्षित यौनसम्पर्ककको माध्यमबाट सरेको अनुसन्धानकर्ताहरुले उल्लेख गरेका छन् ।

नेपालमा विशेष गरी यौनकर्मी, पुरुष समलिंगी एवं तेस्रोलिंगी, सुईबाट लागूपदार्थ प्रयोग गर्नेहरु, रोजगारीका लागि विदेश जानेहरु र कैदीहरु एचआईभी संक्रमणको उच्च जोखिममा रहेको पाइएको छ ।

हरेकपटकको यौनसम्पर्कमा कन्डमको प्रयोग गर्ने, सिरिन्ज प्रयोग गर्दा निर्मलीकरण गरेको मात्र प्रयोग गर्ने, रगत लिँदा एचआईभी परीक्षण गरेको मात्र लिने गर्दा धेरै हदसम्म एचआईभीबाट बच्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्