रोचक जानकारी



  • अधिक कफी पिउनाले पित्तथैलीमा पत्थरी हुने जोखिम कम हुन्छ ।

 

  • बाल्यावस्थामा बुलिङ गर्नाले मनोवैज्ञानिक क्षति पुग्ने हुन्छ । साथै डिप्रेसन–चिन्ता हुने, सामाजिक व्यवहारमा कमी आउने र भरोसा नहुने जस्ता समस्या आउन सक्छ ।

 

  • डार्क चकलेट खाने मानिसलाई डिप्रेसन हुने सम्भावना कम हुन्छ ।

 

  • मस्तिष्कका कोशिकाहरुले रक्सीको प्रतिक्रिया ६ मिनेटमै दिन थाल्छन् ।

 

  • संसारमा रक्सीले हरेक १० सेकेन्डमा १ जना मानिसको ज्यान लिने गर्दछ ।

 

  • गर्भावस्थामा भिटामिन ‘डी’ को कमीले शिशुलाई अटिजम हुने खतरा बढ्छ ।

 

  • मस्तिष्कमा ५ देखि १० मिनेटसम्म अक्सिजनको अभाव भएमा मस्तिष्कमा स्थायी क्षति हुन सक्छ ।

 

  • हिंसा धेरै हुने घरको प्रभाव बच्चाहरुको दिमागमा लडाइँमा गएको सैनिकलाई जत्तिकै परेको हुन्छ ।

 

  • दिनमा एक पेग रक्सी पिउनाले टाइप २ डायबिटिजको जोखिम ३० प्रतिशतले कम गर्छ ।

 

  • १ पाउन्ड फ्याट गुमाउन ३ घण्टाभन्दा बढी दौडिनुपर्छ ।

 

  • डाक्टरहरूको नराम्रो लेखाइका कारणले बर्सेनि ७ हजारभन्दा बढी मानिसको ज्यान जाने गर्छ ।

 

  • मानिस मरेपछि सबैभन्दा अन्तिममा श्रवणशक्ति गुम्ने हुन्छ ।

 

  • हिँड्ने व्यायाम गर्नाले स्तन क्यान्सरको जोखिम २५ प्रतिशतले कम हुन्छ ।

 

  • एक अध्ययनअनुसार आफ्नो विवाहमा बढी पैसा खर्च गर्ने जोडीहरूको सम्बन्ध विच्छेदको दर धेरै हुने गरेको छ ।

 

प्रस्तुति : रोमन मानन्धर

स्रोत : इन्टरनेट

प्रतिक्रिया दिनुहोस्