छालामा घामको प्रभाव



जाडो महिनामा त्यही घाम प्यारो हुन्छ भने गर्मीमा सकस । जाडोमा शरीरको छालामा घाम पर्ने गरी बस्दा भिटामिन ‘डी’ प्राप्त हुनुका साथै ताप प्राप्त हुन्छ । यसले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ । तर गर्मीमा लामो समय छाला घाममा पर्नु स्वास्थ्यका लागि हितकर हुँदैन ।

आजकल सौन्दर्य बढाउने नाममा छोटा र शरीरको केही भाग देखिने खालका कपडा लगाएर हिँड्ने गरेको पाइन्छ ।

यसरी छोटा र पातला कपडा लगाएर हिँड्दा आरामको अनुभव त हुन्छ तर सूर्यको किरणमा हुने रेडियो विकिरणले छालासँग सम्बन्धित विभिन्न रोगहरू लाग्ने हुन्छ । रेडियो विकिरणले खुल्ला छालामा क्यान्सरसमेत गराउन सक्ने भएकाले गर्मीमा घामबाट छालालाई बचाउनुपर्ने हुन्छ । तर जाडो महिनामा भने बिहानको घाममा छाला देखाउनु स्वास्थ्यका लागि लाभदायक हुन्छ ।

एक अध्ययनअनुसार घाममा जति धेरै अंग देखाइन्छ, त्यति नै उनीहरूको छाला चाँडो छिप्पिए जस्तो देखिन्छ ।

अनुसन्धानकर्ताहरूले बताएअनुसार छालाको क्यान्सर गराउने पहिलो कारण प्रत्यक्ष सूर्यको विकिरण नै हो । त्यसैले गर्मी महिनामा घाममा निस्कनुपर्दा शरीरको पूरै भाग छोपिने कपडा लगाउनुपर्छ । खासगरी किशोर–किशोरी र बालबालिकाको खुल्ला शरीरलाई घामबाट बचाउनु अत्यन्तै जरुरी छ, नत्र पछि पछुताउनुपर्ने हुन्छ । तर जाडोमा भने बिहान हुनेसम्म लुगा हटाएर घाममा बस्नु लाभदायक हुन्छ ।

प्रतिक्रिया दिनुहोस्