हनिमुनलाई कसरी सार्थक बनाउने ?



हिक्मत डंगोल

विवाहपश्चात् हरेक युवाहरु चिन्तित हुन्छन् । उनीहरु हनिमुन अवधिमा पत्नीलाई कसरी सन्तुष्ट गर्न सकिन्छ भनेर मनमनै सोच्छन् ।

विशेष गरी अहिलेका नवयुवाहरु शहरको होहल्लाबाट टाढा हनिमुनका लागि जान्छन् । उनीहरुमध्ये केहीले आफन्त, साथीहरुबाट हनिमुनको बारेमा सुनिसकेका हुन्छन् । ‘फस्ट इम्प्रेसन इज द लास्ट इम्प्रेसन’ अर्थात् पहिलो प्रभाव नै अन्तिम छाप हो । यदि उसले हनिमुनमा आफ्नी पत्नीलाई सन्तुष्ट गर्न सकेन भने जिन्दगीभर पत्नीसँग शिर उठाएर कुरा गर्न कठिन पर्नेछ ।

धेरै युवाले हनिमुनको बेला यौन, प्रेम, रोमाञ्चकताबाट आनन्द प्राप्त गर्नुको साटो अन्य व्यावहारिक जीवनमा समय बर्बाद गर्ने गरेको पाइन्छ । यसरी समयको बर्बादी संसारका धेरै युवाले गर्ने गर्छन् । हनिमुनको बारेमा सही जानकारी नभएको कारणले गर्दा उनीहरु यसबारेमा गलत धारणा बनाउँछन् र त्यसैअनुसार व्यवहार गर्छन् । कतिपयको हनिमुनका समयमा कुनै योजना नै हुँदैन । विवाहसँगै उनीहरुको कौतुहलता, रोमाञ्चकता पनि समाप्त हुन्छ । व्यावहारिक जीवनमा उनीहरु व्यस्त हुन्छन् । यसले उनीहरुको जीवनलाई निराश बनाइदिन्छ ।

हनिमुन एक–अर्कालाई चिन्ने राम्रो मौका भएकोले यसको सही सदुपयोग गर्नुपर्छ । हनिमुनमा दुवै जना परिचित हुन्छन् र स्वतन्त्र हुन्छन् । हनिमुनको सुखद र ताजा स्मृतिको लागि अमेरिकन नेसनल इन्स्टिच्युट अफ सेक्स बायोलोजीका डा. एन्ड्यु कपरले केही उपयोगी जानकारी दिएका छन् ।

अमेरिकी प्रख्यात यौनविद् डा. सारेन उल्प भन्छन्, ‘यदि पति–पत्नीले हनिमुनको समय कसरी उपयोग गर्ने र आप्mना चाहनाहरु कसरी पूरा गर्ने भन्ने बुझे भने मात्र हनिमुन सफल हुन्छ । विवाहपछि हनिमुनका लागि विभिन्न नयाँ र रमाइला स्थानहरु जस्तो– चिया बगान, राष्ट्रिय निकुञ्ज, ताल, ऐतिहासिक स्थल, प्राकृतिक क्षेत्रलाई छनोट गर्न सकिन्छ । यसको अलावा कुनै जंगलको बीचमा क्याम्पिङ गरेर हनिमुनको आनन्द लिन सकिन्छ ।’

हनिमुन एक–अर्कालाई चिन्ने राम्रो मौका भएकोले यसको सही सदुपयोग गर्नुपर्छ । हनिमुनमा दुवै जना परिचित हुन्छन् र स्वतन्त्र हुन्छन् । हनिमुनको सुखद र ताजा स्मृतिको लागि अमेरिकन नेसनल इन्स्टिच्युट अफ सेक्स बायोलोजीका डा. एन्ड्यु कपरले केही उपयोगी जानकारी दिएका छन् ।

प्राकृतिक स्थान छनोट गर्नुहोस्

हनिमुनको लागि उपयुक्त मौसम भएको स्थान छनोट गर्नुपर्छ, जहाँ प्रचण्ड गर्मी वा कठ्याङ्ग्रिने जाडो पनि नहोस् । भ्रमण गर्ने स्थान दर्शनीय, मन्दिर, प्राकृतिक छटायुक्त हुनुपर्छ तर धेरै भीडभाड भएको स्थानचाहिँ नहोस् । हनिमुनको यात्रा धेरै लामो पनि हुनुहुँदैन । कम समयमा नै बढी स्थानमा घुम्ने योजना पनि नबनाउनुहोस् । आफू जुन स्थानमा जाँदै हुनुहुन्छ त्यस ठाउँको लागि टिकट बुकिङ पहिले
नै गराउनुहोस् ।

हनिमुनको पूर्वतयारी

यदि तपाईं चिसो मौसम भएको स्थानमा जाँदै हुनुहुन्छ भने पर्याप्त मात्रामा न्यानो लुगा लैजानुपर्छ । गर्मी मौसम भएको ठाउँमा जानुहुन्छ भने टी–सर्ट, हाफ पाइन्ट, सेनेटरी न्याप्किन्स र पीडा निवारक औषधि आफूसँग राख्नुहोस् ।

हनिमुन जाने उपयुक्त समय

हनिमुन जाँदा विवाह भएको लगत्तै जाँदा उपयुक्त हुन्छ । विवाह भएको धेरै समयपछि जानुको कुनै अर्थ हुँदैन । भर्खरै विवाह हुँदा तरोताजा र आत्मविश्वास बढी हुन्छ । त्यसैले यही समयमा नवदम्पतीहरु आफ्नो भविष्यको सपना बुन्ने गर्छन् । कुनै प्रकारको घबराहट पनि महसुस हुँदैन ।

एकले अर्कालाई बुझ्नुहोस्

हनिमुन जानुको उद्देश्य शारीरिक सम्पर्क मात्र नभएर भावनात्मक क्रिया पनि हो । जुन क्रिया आफ्नो जीवन साथीसँग मिलेर सिक्नुपर्छ भन्ने कुरा थाहा पाइन्छ । एकले अर्काेलाई नचिनीकन भविष्यमा यो सफलता हासिल गर्न सकिँदैन । यससम्बन्धमा यौनविद् डा. मोनिका फ्रन्ट भन्छिन्, ‘प्रत्येक युवायुवतीले विवाहपछि नयाँ जिन्दगीको शुरुवात गर्नुपर्छ । अतीतको जिन्दगीलाई गाडिएको मूर्दाझैँ पुरिएर रहन दिनुहोस् ।’

यौनसम्बन्ध बढाउनुहोस्

हनिमुन जाँदा सम्पूर्ण समय घुमफिर र प्राकृतिक दृश्य हेर्न मात्र केन्द्रित नगर्नुहोस् । किनकि हनिमुन मनाउन जाने प्राकृतिक स्थानमा यौनसम्पर्क गरेको खण्डमा जीवनको विशेष आनन्द अरु बढी हुन्छ । यही स्थानमा त्यस रात पत्नीसँग सहवास गर्दै चुम्बन र उनको सुन्दरताको प्रशंसा गर्न सक्नुहुन्छ । यसबाट पति–पत्नीको संकोच दूर रहनेछ । अमेरिकी यौन मनोवैज्ञानिक जेसिका पार्कर भन्छिन्, ‘चुम्बन जति गहिरो हुन्छ, यौनक्रीडा पनि त्यति नै सफल हुन्छ ।’

प्रेम गर्दै उपहार दिनुहोस्

हनिमुनको अर्काे रोचक सूत्र हो आत्मैदेखि प्रेम र उपहार दिनु । यौन विशेषज्ञ डा. रोवी विलियम भन्छन्, ‘हनिमुन यस्तो अवस्था हो जहाँ एकले अर्कालाई बुझ्ने कोशिश गरिरहेका हुन्छन् । प्राकृतिक स्थानमा घुम्ने क्रममा यदि चिरबिरे चराहरु कराउँदै आएमा दुवैले उफ्रँदै निर्धक्कसँग हाँस्ने र प्रेमपूर्वक कुनै उपहार दिएर पत्नीलाई माया गर्न सिक्नुपर्छ । यो क्षणमा दिएको उपहार अनमोल हुन्छ । यस्तो उपहार दिनुहोस्, जसले पत्नीलाई उत्साहित र रोमाञ्चित बनाओस् ।

हाइकिङ गर्नुहोस्

हनिमुनकै सिलसिलामा बिहानीको समयमा आफ्नी पत्नीलाई पनि सँगै लिएर कोठाबाट १ घण्टा जति हाइकिङ गर्न जानुहोस् । यसबाट दुवैको मुड फ्रेस हुन्छ र मानसिक शक्ति मिल्छ । यसको लागि तपाईंले नदीको छेउछाउ, तालको किनारा, पार्क, जंगल वा खुल्ला मैदान आदि स्थानको छनोट गर्न सक्नुहुन्छ । यसबाट शरीरलाई स्वच्छ अक्सिजन मिल्छ र मनमा नयाँ उत्तेजनाको विकास हुन्छ । यसको साथै हरियाली, नीलो आकाश, नदी र ताल हेर्नाले मनमा शान्ति मिल्छ ।

प्रदूषित वातावरणबाट बच्नुहोस्

प्रदूषण मानवस्वास्थ्यको लागि हानिकारक हुन्छ । प्रदूषणको प्रभाव सबैभन्दा बढी शुक्राणुमाथि पर्छ । प्रदूषणको प्रभावबाट शुक्राणु कमजोर र अस्वस्थ हुन्छन् । त्यसैले हनिमुन मनाउँदा प्रदूषित शहरमा विलकुलै नजानुहोस् । प्रदूषणकै कारणबाट शुक्राणुको संख्यामा तीव्ररुपमा गिरावट आइरहेको हुन्छ । यसले स्वस्थ शुक्राणुको निर्माणमा बाधा पुग्छ ।

स्रोत : रिडर डाइजेस्ट

प्रतिक्रिया दिनुहोस्