जाडोमा सख्खर सेवन लाभदायक



सख्खरले रगत पातलो बनाउँछ । यसले गर्दा नसामा रगतको बहाव बढाउँछ । त्यसैले जाडोमा उच्च रक्तचाप नियन्त्रणका लागि यसको सेवन प्रभावकारी हन्छ ।

यसले पाचन इन्जाइम सक्रिय बनाउँछ । त्यसैले खाना खाएपछि सख्खर खानु हितकर हुन्छ । दैनिक भोजनमा सख्खर समावेश गर्ने हो भने पाचनमा सुधार र अम्लता, सुजन एवम् ग्यासको समस्या कम हुनसमेत मद्दत मिल्छ ।

सख्खर प्राकृतिक सुगर हो । खानापछि एक टुक्रा सख्खर खाने हो भने शरीरलाई आवश्यक चिनीको मात्रा पनि पूरा हुन्छ ।
सख्खर कब्जियतको उपचार र रोकथामका लागि राम्रो मानिन्छ । यसमा फाइबर प्रशस्त हुनुका साथै हल्का माइल्ड ल्याक्सेटिभको रुपमा पनि काम गर्ने हुन्छ ।

सख्खर सेवनले शरीर तातो राख्न मद्दत पुर्‍याउँछ । साथै कलेजोको डिटोक्सिफाइ गर्न सख्खरको ठूलो भूमिका हुुन्छ । यसमा जिंक र सेलेनियम प्रशस्त हुन्छ ।

सख्खरमा आइरनको मात्रा हुने भएकाले गर्भवती महिला, एनिमिया र कम हेमोग्लोबिन भएका व्यक्तिका लागि उपयोगी हुन्छ ।
महिनावारीका समयमा हुने दुखाइ कम गर्नका लागि सख्खर सेवन उपयोगी हुन्छ । दुखाइको समयमा एक चम्चा सख्खर खाँदा आराम मिल्न सक्छ ।

खासगरी ठण्डा मौसममा सख्खर खाँदा इम्युनिटी पावर बढाउने हुन्छ । किनकि यसमा आइरन, सेलेनियम, जिंक, म्याग्नेसियम र फसफोरस माइक्रोन्युटियन्ट हुने भएकाले रोग–प्रतिरोधात्मक क्षमता बढाउने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्