छोड्नुपर्ने पाँच खराब आदत



मानिसले पाँचवटा खराब आदतलाई सुधार गर्ने हो भने दीर्घजीवन प्राप्त गर्न सक्ने नयाँ अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ । मानिसले छोड्नुपर्ने खराब आदतहरुमा धूमपान गर्ने, एक्सरसाइज नगर्ने, शरीरको तौल बढाएर राख्ने, अत्यधिक मदिरा सेवन गर्ने र अस्वस्थकर खाना खाने प्रवृत्तिलाई मानिएको छ ।

यो अध्ययनअनुसार यी खराब आदत छोड्नाले मधुमेह, मुटुसम्बन्धी रोगहरु, क्यान्सर र अरु रोगहरुबाट मुक्त भई दीर्घजीवन प्राप्त गर्न सकिन्छ । यो अध्ययन ३८ हजार पुरुष र ७३ हजार महिलामा गरिएको थियो । अध्ययन प्रतिवेदनअनुसार जुन महिलाले पाँचैवटा अस्वस्थ आदत छोडे, उनीहरुको आयु यी खराब आदत अपनाउने महिलाको भन्दा १४ वर्ष बढी थियो ।

यस्तै खराब आदत छोड्ने पुरुषहरुकोे आयु खराब आदत अपनाउने पुरुषको भन्दा १२ वर्ष बढी रहेको थियो । सीएनएन

प्रतिक्रिया दिनुहोस्