हैजा नियन्त्रणमा सफलता



विश्वव्यापीरुपमा हैजाका बिरामीको संख्या घटेको पाइएको छ । हैजाको महामारी फैलिने विश्वका प्रमुख देशहरु हैटी, सोमालिया, कंगोलगायतका देशहरुमा हैजाको नियन्त्रण कार्य उत्साहजनकरुपमा भइरहेको विश्व स्वास्थ्य संघले जानकारी दिएको छ । हैजाको महामारी घट्नुमा यसविरुद्धको खोप अभियानको भूमिका महत्वपूर्ण रहेको र सन् २०३० सम्ममा हैजा नियन्त्रणका लागि विश्वव्यापीरुपमा तयार गरिएको रोडम्यापलाई विभिन्न देशहरुले अवलम्बन गर्नुलाई मानिएको छ ।

हैजा नियन्त्रणका लागि गठित कार्यदलले प्रभावकारी रुपमा हैजा नियन्त्रण गर्न सन् २०१७ मा ग्लोबल रोडम्याप स्ट्राटेजी तयार गरेको थियो । यसअनुसार सन् २०३० सम्ममा मुख्य गरी २० वटा देशमा हैजाको संक्रमण निर्मूल गर्ने र यसबाट हुने मृत्यु ९० प्रतिशतले घटाउने लक्ष्य राखेको छ ।

दीर्घकालीनरुपमा हैजा उन्मूलन गर्नका लागि विश्व स्वास्थ्य संघले सफा पिउने पानीको पहुँचमा वृद्धि गर्ने र पर्याप्त सरसफाइको व्यवस्थामा जोड दिने कार्यलाई जारी राख्ने भएको छ ।  विश्व स्वास्थ्य संघ

प्रतिक्रिया दिनुहोस्