औषधिसम्बन्धी सहायता कक्ष



औषधि व्यवस्था विभाग र नेपाल औषधि व्यवसायी संघ काठमाडौं जिल्ला शाखाको समन्वयमा औषधि व्यवस्था विभागमा सहायता कक्ष स्थापना गरिएको छ । यस सहायता कक्षबाट औषधि व्यवसायीहरुका व्यावसायिक समस्याहरु समाधान गर्न पहल गरिने बताइएको छ ।

औषधि व्यवस्था विभागमा दर्ता या नवीकरणका लागि आउने व्यवसायीहरुलाई सो सहायता कक्षबाट आवश्यक सहयोग गर्ने उद्देश्य रहेको छ । साथै औषधि व्यवसायी र सेवाग्राहीसमेतलाई लक्षित गरी आगामी ६ महिनाभित्र सफ्टवेर निर्माण गरी सञ्चालनमा ल्याउन लागिएको सो सम्बन्धमा जानकारी गराउन हालै काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा जानकारी गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्