“मर्यादित महिनावारी अन्तर्राष्ट्रिय सम्मेलन”



सरकारले छाउपडीको गलत संस्कार अन्त्य गर्नका लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘मर्यादित महिनावारी अन्तर्राष्ट्रिय सम्मेलन’ गर्ने भएको छ । आगामी जेठ १३ देखि १५ गतेसम्म सो सम्मेलन गर्न लागिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिको हालैको बैठकमा जानकारी दिनुभएको थियो ।

उक्त समितिले छाउपडीसम्बन्धी कुसंस्कारलाई उन्मूलन गर्न आवश्यक परेको खण्डमा निर्मम भएर प्रस्तुत हुन सरकारलाई निर्देशन दिएको छ । छाउगोठमा बस्ने महिलाको विभिन्न कारणले मृत्यु हुने, बलात्कृत हुने भइरहेकोले गृह मन्त्रालयले हाल छाउगोठ भत्काउने अभियान नै सञ्चालन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्