ब्लाक स्किनको मेकअप झनै सुन्दर



बिनु श्रेष्ठ, ब्युटिसियन ।

मेलानिन पिगमेन्ट्सको बढी मात्रामा उपस्थितिको कारणले मानिसको छाला कालो हुन्छ । तर कालो वर्णका मानिसको अनुहारको बनावट सुन्दर हुन्छ । साथै अनुहारका भागहरु नाक, कान, आँखा, गाला, ओठ आदि प्रस्टसँग छुट्टिएका हुन्छन् । यसले गर्दा अनुहार आकर्षक, चिटिक्क र हिस्सी परेको देखिन्छ । महिलालाई काली भए पनि राम्री र हिस्सी परेकी भनिन्छ भने पुरुषलाई कालो भए पनि ह्यान्डसम छ भनिन्छ ।

कालो छाला हुनुका फाइदा

१. छाला बाक्लो हुने भएकाले घामले छिटो डढ्दैन ।

२. घामले पोल्ने, जल्ने समस्या कमै हुन्छ ।

३. स्किन क्यान्सर वा स्किन डिजिजबाट समेत सुरक्षित हुन मद्दत मिल्छ ।

४. चाया–पोतो आउने समस्या कम हुन्छ ।

५. छालामा चाउरी पर्ने, धर्काहरु आउने, लच्किने, झोलिनेजस्ता बुढ्यौलीका चिह्नहरु ढिलो आउँछ ।

६. मेकअप गर्दा झनै राम्री देखिन्छ ।

कालो छाला हुनुका बेफाइदा

१. चोटपटक लागेमा नराम्रोसँग दाग बस्ने हुन्छ ।

२. घाउ, खटिरा, डन्डिफोर आदि कोट्याउने, फुटाउने गर्दा नराम्रो देखिन्छ ।

३. फोहोरमैला हत्तपत्त नदेखिने हुनाले सरसफाइमा कमी हुन्छ ।

मेकअप गर्दा अनुहार नीलो देखिन सक्छ, तसर्थ ध्यानपूर्वक सही जानकारी लिएर मात्र मेकअप गर्नुपर्ने हुन्छ ।

कालो वर्णको छालालाई पनि सफाइ र स्थाहारको जरुरत पर्छ । सही स्याहार नभएमा र चिल्लो प्रकारको छाला भएमा अझ बढी चिल्लो हुने डर हुन्छ । सुख्खा छाला भएमा पनि झन् सुख्खापन वृद्धि हुने डर हुन्छ । तसर्थ कालो छालालाई सही प्रकारको स्याहार गर्नुपर्छ । उचित विधि अपनाएमा लामो समयसम्म छाला सुन्दर र स्वस्थ राख्न मद्दत मिल्छ । छालाको प्रकृतिअनुसार सही स्याहार र सुरक्षा गर्नुपर्छ । जसले गर्दा सफा, सुन्दर, चम्किलो र स्वस्थ छाला बनोस् ।

कालो वर्णको छालामा मेकअप गर्दा झनै सुन्दर र आकर्षक देखिन्छ । साधारण प्रकारको मेकअप गर्नु छ भने कलरलेस फाउन्डेसन प्रयोग गर्नु राम्रो हुन्छ । आइस्याडो, लिपस्टिक आदि प्रयोग गर्दा लाइट र सफ्ट कलर प्रयोग गर्नु उचित हुन्छ । तर आइस्याडो, मस्कारा, गाजल आदि डार्क–ब्राउन वा ब्ल्याक नै राम्रो देखिन्छ । त्यसै गरी ब्लसर प्रयोग गर्दा ब्रोन्जरको उपयोग गर्नु राम्रो मानिन्छ ।

नियमित सरसफाइ अरु वर्णको छालालाई जस्तै गर्नुपर्छ । यस्तो छालामा पनि उपयुक्त फेसवासको प्रयोग गरेर सफा गर्नुपर्छ ।

मोइश्चराइजरको प्रयोग पनि गरिरहनुपर्छ । त्यस्तै समय–समयमा एकस्फोलिएसन गरिनुपर्छ । ओइली स्किन भएमा हप्तामा दुईपटक र ड्राइ स्किन भएमा हप्तामा एकपटक एकस्फोलिएसन गर्नुपर्ने हुन्छ । टोनर वा स्किन फ्रेसर, स्किन टोनिकको प्रयोग पनि गर्नुपर्छ । यसै गरी सनस्क्रिन लोसनको प्रयोग गर्नुपर्छ । समय–समयमा फेसियल वा स्किन ट्रिट्मेन्टसमेत गराउनु आवश्यक हुन्छ ।

एउटा समस्या, डार्क स्किन अर्थात् कालो छाला हुनेहरुको ओठ पनि कालो–नीलो हुन सक्छ । यस्तो प्रकारको ओठमा लिपस्टिक लगाउँदा पहिले फाउन्डेसनले ओठलाई कभर गर्नुपर्छ । त्यसपछि मात्र लिपस्टिक वा लिपग्लस प्रयोग गर्दा सही कलर दिन्छ, अन्यथा गाढा रंग देखिन्छ ।

कालो वर्णको छालामा मेकअप गर्दा झनै सुन्दर र आकर्षक देखिन्छ । साधारण प्रकारको मेकअप गर्नु छ भने कलरलेस फाउन्डेसन प्रयोग गर्नु राम्रो हुन्छ । आइस्याडो, लिपस्टिक आदि प्रयोग गर्दा लाइट र सफ्ट कलर प्रयोग गर्नु उचित हुन्छ ।

ओठको कालोपन हटाउने घरेलु उपाय

१ कागतीको टुक्रामा थोरै चिनी लगाउने र त्यसले ओठलाई हल्का रगड्नुपर्छ । यसले मृत त्वचालाई हटाएर ताजा ओठ बनाउन मद्दत पुग्छ ।

२ मह र रातो गुलाफको प्याक लगाउन सकिन्छ ।

३ दूध र बदामको पेस्ट बनाएर प्याक लगाउन सकिन्छ ।

४ चुकन्दर र फ्रेस क्रिम मिक्स गरेर पनि लगाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्