अर्थहीन औषधि



बाँझोपन हुँदा धेरैजसो पुरुषहरु सम्बन्धित विज्ञकहाँ गएर उपचार गराउनुको साटो विज्ञापनको विश्वासमा परी आफूखुशी वा अदक्ष स्वास्थ्यकर्मीकहाँ गई औषधि किनेर गोप्यरुपमा सेवन गर्छन् । यस्ता अधिकांश औषधि तथा सप्लिमेन्टहरुमा मुख्यतः जिंक तथा फोलिक एसिड समावेश गरिएको हुन्छ । तर हालै भएको अनुसन्धानले यी तत्व भएका सप्लिमेन्ट खाएको भरमा पुरुष बाँझोपनको कुनै सुधार हुन नसकेको पाइएको छ ।

करिब ६ महिना अध्ययन गरी जेएएमए मेडिकल जर्नलमा प्रकाशित सो प्रतिवेदनअनुसार फोलिक एसिड तथा जिंक पुरुषको शुक्रकीट वृद्धि गर्न र प्रभावकारिता बढाउन उपयोगी नभएको पाइएको छ । अध्ययनकर्ताहरुले २,३८० जना पुरुषहरुलाई ६ महिनासम्म जिंक र फोलिक एसिड भएको सप्लिमेन्ट सेवन गराएर शुक्राणुहरु परीक्षण गर्दा यी तत्वले शुक्राणुको गुण र संख्यामा कुनै पनि
सुधार गरेको पाइएन ।

सप्लिमेन्ट दिनुअघि शुक्राणुको जस्तो अवस्था थियो, ६ महिनापछि पनि उस्तै नै पाइयो । तर रोचक कुरा के छ भने, सप्लिमेन्टको सेवनले शुक्राणुमा कुनै सुधार नगरे पनि त्यसबीचमा ३५ प्रतिशत पुरुषबाट उनीहरुका पत्नीहरु गर्भवती भएका थिए । अर्थात् औषधिको प्रभावले नभई प्राकृतिक स्थितिबाटै उनीहरु गर्भवती भएका थिए ।

प्रतिक्रिया दिनुहोस्