चिकित्सक संघमा नयाँ नेतृत्व



हालै सम्पन्न नेपाल चिकित्सक संघको निर्वाचनले डा. लोचन कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको कार्यकाल तीन वर्षको हुने प्रावधान छ ।

डा. लोचन कार्की प्रतिस्पर्धी डा. पुष्पमणि खरालभन्दा करिब २ हजार मतको फराकिलो अन्तरले नेपाल चिकित्सक संघको २८ औँ कार्यसमितिको अध्यक्षमा निर्वाचित हुनुभएको हो । सो संघको निर्वाचनका लागि प्रमुख निर्वाचन अधिकृत डा. बाबुराम मरासिनीले निर्वाचन परिणाम घोषणा गर्नुभएको थियो । निर्वाचन परिणाम घोषणा कार्यक्रममा संघका पूर्वअध्यक्ष डा. आनन्दबहादुर श्रेष्ठले चिकित्सकप्रति बढ्दै गएको वितृष्णा कम गर्न र चिकित्सकहरुको पेसागत सुरक्षाका क्षेत्रमा कार्य गर्न आवश्यक रहेको विचार व्यक्त गर्नुभएको थियो ।

नवनिर्वाचित कार्यसमितिका अन्य पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्ष डा. शिवप्रसाद श्रेष्ठ, उपाध्यक्ष डा. अनीलविक्रम कार्की, महासचिव डा. बद्री रिजाल, कोषाध्यक्ष डा. प्रकाश बुढाथोकी, सहसचिव डा. निरजकुमार सिंह, सहकोषाध्यक्ष डा. विश्वराज दवाडी हुनुहुन्छ । त्यस्तै गरी सदस्यहरुमा डा. विपेश आचार्य, डा. नन्दाकुमारी गुरुङ, डा. लिजन महर्जन, डा. प्रमोद जोशी, डा. रितेश थापा र डा. सञ्जीव तिवारी हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्