तनाव र यौनसन्तुष्टि



हिक्मत डंगोल । 

अहिले समाज छिटो–छिटो परिवर्तन भैरहेकाले सबैतिर तनावको स्थिति छ । पारिवारिक तनाव, अत्यधिक थकान, दुःख, शोक, विछोडको पीडा, व्यापारिक तनाव, अनुचित यौनसम्बन्ध, रोग, सम्भोगपूर्व स्खलन र यौनिक असन्तुष्टिका कारण मन सधैँ आशंकित र भ्रमित हुने गर्दछ । पत्नी शयन कक्षमा यौैन आमन्त्रण गरिरहेकी हुन्छिन् । पति यो सुनौलो मौका गुमाउन चाहँदैन तर दिउँसो अफिसमा हाकिमसँग सानो कुरामा भनाभन भएको र उसले नराम्रोसँग हप्काएको बारेमा सोचेर मन दिक्क लाग्दो अनि खिन्नता महसुस हुन्छ । यसको साथै बच्चाहरुको स्कुलको शुल्क समयमै तिर्न नसकेको, आमा र पत्नीबीच झगडा, व्यापारमा घाटाजस्ता अनेक बाधाले मस्तिष्कमा तनाव भरिदिन्छ । यसले गर्दा पत्नीसँगको यौनजीवन दुर्घटनामा पर्न सक्छ । यसले तपाईंको कामोत्तेजनामा रोकावट मात्र पैदा गर्दैन, यसले काम–सुखका लागि सुखद वातावरण सृजना गर्ने काममा समेत बाधा पैदा गर्दछ ।

तनावले नै व्यक्तिको जीवनमा काम–सुख धेरै नराम्रोसँग प्रभावित हुन्छ । तनावको बेला मानसिक बोझले भरिएको छ भने यस्तो अवस्थामा यौनसम्पर्क नगर्नु नै बेस हो । त्यो अवस्थामा यौनसम्पर्क गर्दा कोशिकाहरु संकुचन हुन्छन् भने लिंग निष्क्रिय भएको हुन्छ । यसले गर्दा पत्नीले न त चरम सुख नै प्राप्त गर्छिन्, न पुरुष नै तृप्त हुन्छ ।

प्रसिद्ध सेक्स थेरापिस्ट डा. जियना मिसेल भन्छिन्, ‘तनाव नै यौनसुखका लागि ठूलो रोकावट हो । तनावले नै व्यक्तिको जीवनमा काम–सुख धेरै नराम्रोसँग प्रभावित हुन्छ । तनावको बेला मानसिक बोझले भरिएको छ भने यस्तो अवस्थामा यौनसम्पर्क नगर्न‘ नै बेस हो । त्यो अवस्थामा यौनसम्पर्क गर्दा कोशिकाहरु संकुचन हुन्छन् भने पुरुषको लिंग निष्क्रिय भएको हुन्छ । यसले गर्दा पत्नीले न त चरम सुख नै प्राप्त गर्छिन्, न पुरुष नै तृप्त हुन्छ ।’

तनावको कारण

डा. जियना मिसेल भन्छिन्, ‘भीड, भागदौड, चिन्ता, आत्तिने, हतारिने, दुःख यस्ता मनोवेगहरु हुन् जसले गर्दा काम–क्रियामा नराम्रो असर पर्छ । लगातार पारिवारिक तनाव, मानसिक तनाव, शारीरिक तनाव, सामाजिक तनाव, आर्थिक तनाव र व्यावसायिक तनावले पुरुषको सेक्स हर्मोनलाई कम गरिदिन्छ । साथै रगतमा एड्रेनेलिन हर्माेनको स्तर बढ्न जान्छ । यही एडे«नेलिन बढ्न जाँदा रगत प्रवाहमा रोकावट भइदिन्छ । तनावको कारण उत्तेजना केन्द्र शिथिल हुन्छ, जसले गर्दा मांसपेशीहरुमा संकुचन पैदा गरिदिन्छ । लिंगका नसाहरुमा हुने रक्तप्रवाहमा कमी हुन पुग्छ । फलस्वरुप लिंगमा कडापन आउँदैन ।’

यौनविज्ञ ज्याक विथ फिल्डका अनुसार पुरुषहरु यौनतनावलाई सहन सक्दैनन् । यो पुरुषहरुको अनौठो प्रवृत्ति हो । यसलाई दिवास्वप्न पनि भन्न सकिन्छ । यौनसन्तुष्टिको अभावमा पति–पत्नी दुवै तनावग्रस्त हुन्छन् । अतृप्त यौनकुण्ठाबाट दुवैलाई उच्च रक्तचाप र अनिद्राजस्ता रोगले सताउने गर्छ । स्त्रीहरु ढिलो उत्तेजित हुन्छन् । कुनै बेला पति स्खलित भइसक्दा पनि पत्नीमा उत्तेजना बढेको हुँदैन । यसले गर्दा दाम्पत्य जीवन प्रभावित हुन पुग्छ ।

यौनविज्ञ ज्याक अगाडि भन्छन्, ‘पति र पत्नीले यौैनलाई तालमेल कायम गर्न सकेनन् भने सेक्स इच्छामा कमी, हीनताबोध, जीवनदेखि निराश हुने आदि लक्षण देखा पर्छन् । यी लक्षणहरु पछि डिप्रेसनमा बदलिएपछि सेक्स लाइफ भताभुंग हुन थाल्छ ।’ अर्का यौनविद् डा. टेम्पथा फ्रिल्यान्ड भन्छिन्, ‘पति–पत्नी दुवैलाई मानसिक तानव, डिप्रेसन हुन गएमा यौनजीवन असफल हुन्छ । यसलाई औषधिले निको पार्न सकिँदैन । आफैंले आफूलाई सम्हाल्न सक्नुपर्छ । तनावको सामना गर्न सिक्नुपर्छ । समस्याका कारणहरु पत्ता लगाएर हराएको यौनलाई जगाउन सकिन्छ ।’

सेक्समा अनियमितता

यदि लामो समयसम्म पति–पत्नीबीच सेक्स भएन भने थुप्रै प्रकारका रोगबाट पीडित हुन पुग्छन् । प्र्रसिद्ध अमेरिकी यौनविद् डा. अल्फ्रेड सान भन्छन्, ‘बढी यौनसम्पर्कले यौनमा आनन्द आउँछ । सेक्स लाइफ छिटो सकाउने क्रिया बन्द हुन्छ । सेक्सलाई अनियमित गर्नुपर्छ । २/३ दिनसम्म लगातार दैनिक सेक्स गर्नुहोस् अनि त्यसपछि विश्राम गरिदिनुहोस् । विश्रामपछि जाग्ने यौनसुख अति नै आनन्ददायक हुन्छ ।’

अत्यधिक एक्लोपना, बेचैनी, मानसिक तनाव, यौनकुण्ठा, चिन्ता र शोकले पुरुषलाई डिप्रेसनबाट फाइर्मोसिस हुन पुग्छ । कुनै पुरुषलाई फाइर्माेसिस भएको छ भने उसले पत्नीसँग यौनसम्बन्ध बढाउन सक्दैन । फाइर्मोसिस हुँदा पुरुषको लिंग खुम्चिएर छोटो हुन पुग्छ । पुरुषले यौनसम्पर्क गर्दा उसलाई लिंगमा पीडा हुन पुग्छ । यसम्बन्धमा यौनविद् डा. करी सिगर भन्छन्, ‘फाइर्माेसिस भएमा पुरुष उत्तेजित भए पनि लिंगमा पूरै रक्तसञ्चार हुन पाउँदैन । यसले गर्दा लिंगमा पीडा हुन थाल्छ । यस्तो समस्या उत्पन्न भएमा तुरुन्तै यौन विशेषज्ञ डाक्टरलाई देखाएर सल्लाह लिनुपर्छ । पुरुषले नियमितरुपमा लिंगको त्वचामा सरसफाइ गरिरहनुपर्छ । नगरेमा दुर्गन्धित भएर इन्फेक्सन हुन जान्छ । साथै मूत्रत्यागमा समस्या हुन्छ ।’

नपुुंसकता

वैवाहिक जीवनलाई तहसनहस पार्ने एउटा समस्या हो नपुंसकता । विवाहपछि आफ्नो दाम्पत्य जीवनलाई सुमधुर बनाउन यौनसम्बन्धले ठूलो भूमिका खेल्छ । यौनसम्बन्धले जीवन आन्ददायक बनाउँछ । तर उनीहरुमा सेक्ससम्बन्धी केही समस्याले गर्दा उनीहरुको दाम्पत्य जीवनमा मनमुटाब शुरु हुन्छ । नपुंसकता पनि यस्तै समस्या हो, जसले पुरुषको आनन्ददायक जीवनलाई पूर्णविराम लगाउँछ । पुरुषहरु एकपटकको सेक्स असफलताबाट आफ्नो मानसिक सन्तुलन गुमाउँछन् । उनीहरु नपुंसकता भयो भनेर तनावग्रस्त हुन्छन् । यसमा यौन विशेषज्ञ डा. जोनसन वासिङरन भन्छन्, ‘यौनशक्तिको कमी जुनसुकै उमेरमा पनि हुन सक्छ । तर यसमा तुरुन्तै डराइहाल्नुपर्दैन ।

नपुंसकता हटाउने अनेक उपाय छन् । यी उपाय अपनाएर यौनआनन्द लिन सकिन्छ । यो कुनै शारीरिक विकृति हैन । नपुंसकताका धेरै कारण हुन्छन् । यौन अंगमा गडबडी, वीर्यमा शुक्राणुको अभाव र पूर्ण उत्तेजित नहुनु आदिका कारण पुरुषमा नपुंसकताको समस्या उत्पन्न हुन्छ ।’

अर्का यौनविद् डा. मेन्डालिन वाल्कर भन्छिन्, ‘तनाव, मानसिक थकाइ, धूमपान, मद्यपान र स्नायु तन्त्रमा गडबडी तथा हर्मोनको असन्तुलनका कारण लिंग उत्थान हुँदैन । यसले गर्दा कुनै पुरुषले राम्ररी यौनसम्पर्क गर्न सक्दैन । वीर्यमा शुक्राणुको अभाव भयो भने पनि सन्तान उत्पादन गर्न सक्षम हुँदैन । यसमा विभिन्न जाँच गरी नपुंसकताको कारण पत्ता लगाएर मात्र उपचार गरिन्छ । यसमा सर्वप्रथम मानसिक उपचार गरिन्छ भने दोस्रोमा सही जानकारी दिएर समस्या समाधान गरिन्छ ।’

प्रतिक्रिया दिनुहोस्