कपालको ओयल मसाज



बिनु श्रेष्ठ, (ब्युटिसियन) ।

म सानो छँदा आमाले हामीलाई पालैपालो तेल लगाएर कपालमामसाज गरिदिनुभएको अनि हामीले पनि आमालाई पालैपालो तेल मसाजगर्ने गरेको झलझली सम्झन्छु । सबै कथाजस्तै भैसक्यो । आजको भागदौडको समयमा कसको फुर्सद छ र ?स–साना नानीहरुदेखि बूढापाकासम्मलाई हतार नै छ ।पहिलेका मानिसको कपाल बाक्लो, बलियो, नरम र चमकपूर्ण हुने गर्दथ्यो । किनकिउनीहरुले तेल मसाज गरेर आफ्नो कपाल र टाउकाको हेरचाह गर्ने गर्दथे ।अहिले त महँगा प्रडक्टको विज्ञापनका साथै सजिलो उपचार विधिले गर्दा तेल मसाजको चलन हराउँदै गएको छ ।

टाउकोमा तेल लागाएर मसाज गर्नाले टाउकाको छाला, कपालका साथै पूरा शरीरलाई पनि आनन्द महसुस हुन्छ । कपालको स्वास्थ्यका लागि यो एक अति नै सजिलो र सरल उपाय हो । कुनैपनि भेजिटेबल ओयल, मसाज ओयल वा स्पेसल ओयलको प्रयोग गरेर टाउको र कपालको मसाज गर्न सकिन्छ । साधारणतया आफ्नै भान्सामा पाइने सस्र्युं, तोरी, तिल, जैतुन, नरिवलको तेल प्रयोग गरेर पनि भरपूर फाइदा पाउन सकिन्छ । यदि कुनै प्रकारको समस्या जस्तै– चाया पर्ने, कपाल झर्ने, हाँगा फाट्ने, सुख्खा हुनेकेमिकल वा मेकानिकल ड्यामेजमा विशेष प्रकारका वा उपयुक्त तेलको प्रयोग गरी मसाज गर्नुपर्ने हुन्छ ।

घरमा टाउकाको मसाज गर्दा ध्यान दिनुपर्ने कुरा

* कपाल सफा र सुकेको हुनुपर्छ।

* तेल हल्का मनतातो हुनुपर्छ ।

* सफा कटन वा औंलाका टुप्पाहरुको प्रयोग गरी तेल टाउकोमा लगाउने ।

* हल्का मसाज गर्ने, सर्कुलर मसाजगर्ने, घडीको सुईको दिशा र विपरीत दिशामा औंलाका टुप्पाहरु घुमाएर मसाजगर्ने ।

* त्यस्तै हल्का थपथपाएर, पीठो मुछेजस्तै गरी हल्का मिचेर,हल्का कपाललाई माडेर टुपीसम्म मसाजगर्ने । १०–१५ मिनेट जति यसरी मसाजगर्ने ।

* तेल कपालको जरादेखि टुप्पोसम्म पुग्ने गरी लगाउने र मसाज गर्ने गर्नुपर्छ।

* हल्का हातले ब्रस गर्ने अनि कपाललाई वन बनाउने ।

* टावेल स्टिम लिने । यसका लागि तातो पानीमा रुमाल डुबाएर सहनसक्ने तातो बनाई कपाललाई बेर्ने । त्यसमाथि सुख्खा रुमालले कभर गर्ने । रुमाल चिसो भएपछि हटाउने । १ घण्टादेखि बढी समयसम्म कपालमा तेल लगाएर छोड्न सकिन्छ ।

* अब स्याम्पु गर्ने । पहिला स्याम्पु अलि–अलि गरी पूरा कपाल र टाउकोको छालामा लागाउने । अनि मात्र थौरै पानी लगाउने र मसाज गर्ने गर्नुपर्छ ।आवश्यक भएमा फेरि स्याम्पु गर्ने । यस विधिले चिल्लो राम्ररी हटाउँछ ।

* आवश्यक भएमा कन्डिसनर पनि लगाउने ।

* कपाल प्राकृतिकरुपमा सुक्न दिने ।

कपालको मसाजका फाइदा

* कपाल झर्नबाट रोकिन्छ ।

* चायाबाट बचाउँछ

* कपाल फुल्नबाट जोगाउँछ ।

* कपाल बढ्न मद्दत पुग्छ ।

* कपाल बलियो, चम्किलो, नरम र व्यवस्थित हुन्छ ।

* कपाल टुक्रिन, जिङ्ग्रिङ्ग हुन, हाँगा फाट्न, रुखो–सुख्खा हुनबाट बचाउँछ ।

* कपालको केमिकल र मेकानिकलड्यामेजलाई कम गर्न मद्दत मिल्छ ।

* कपालमा भएको पी/एचलाई सन्तुलन गर्न मद्दत पुग्छ ।

* चाया, संक्रमण आदिबाट जोगाउँछ ।

* दिमाग र शरीरलाई आराम मिल्छ ।

* तनाव, थकान, उत्तेजनालाई हटाएर आरामको निद्रा दिन्छ ।

* शरीर, दिमाग र मनलाई शान्ति एवं आराम प्रदान गर्छ ।

* टाउको–जीउ दुख्नबाट पनि आराम मिल्छ ।

* अनुहारको कान्ति बढाउनुका साथै आँखालाई शीतलता प्रदान गर्छ ।

* शरीरमा नयाँ ऊर्जा र जाँगर सञ्चार हुन्छ ।

* प्रदूषण र वातावरणीय दुस्प्रभावबाट कपाललाई बचाउँछ ।

* शरीरमा भएका दूषित पदार्थ लसिकातन्त्रको माध्यमबाट बाहिरिन्छ र शरीरको प्रतिरक्षा शक्तिमा वृद्धि हुन्छ ।

* समग्रमा पूरा शरीरलाई स्वस्थ राख्नुका साथै मानसिकरुपमा मजबुत बनाउन मद्दत गर्छ ।

* मसाजबाट रक्तसञ्चार वृद्धि हुन्छ र जराबाटै कपालको पोषण भई स्वस्थ एवं सुन्दर कपाल बन्न मद्दत पुग्छ ।

अन्त्यमा, टाउकोको छाला र कपाल चिल्लो स्वभावको भएमा ओयलिङ वा हेयर एन्ड स्काप मसाज गर्नुहुँदैन ।अनुहार, घाँटी आदिमा डन्डिफोरको समस्या छ भने पनि मसाजबाट अझ बढी समस्या हुने सम्भावना हुन्छ ।तसर्थ यस अवस्थामा मसाज नगर्दा नै हुन्छ ।यदि बढी फाइदाको चाहना राख्नुहुन्छ भने हेयर एक्सपर्ट वा अनुभवी ब्युटी एक्सपर्टबाट सेवा लिँदा अझ राम्रो हुन्छ । साथै उचित सल्लाह पनि प्राप्त हुन्छ ।

प्रतिक्रिया दिनुहोस्