दही-मही : संस्कृति, स्वाद, स्वास्थ्य



डा. अरुणा उप्रेती, (जनस्वास्थ्य विज्ञ )

पाँच अमृतमध्ये दही एक ‘अमृत’ मानिन्छ । दही-चिउरा गर्भवतीलाई खुवाउने नेपाली चलन छ । असार १५ त कृषकहरुको विशेष दिन नै हो दही खाने । कुुनै शुुभ कार्यमा जानुपर्‍यो भने दही खुवाउने संस्कार छ, हिन्दुूहरुको । दशैँमा चामल र दही मुुछेर टीका लगाउने चलन छ ।

दक्षिण भारतमा पनि दहीका विशेष परिकार खानाको अन्त्यमा खाने गरिन्छ । नेपालमा भक्तपुुरको ‘जुुजुु धौं’को स्वादको बारेमा नजान्ने कोही छैनन् होला । दही नेपाली हिन्दू संस्कृतिको अभिन्न अंग हो, स्वास्थ्यको लागि पनि यसको विशेष महत्व छ ।

अहिले विभिन्न रेडियो, पत्रपत्रिका, टिभीमा पेट ठीक पार्न ‘ल्याक्टो ब्यासीलाई’ खानुुस् भनेर विशेष प्रचार गरिन्छ । तर हामीमध्ये धेरैलाई थाहा नै छ कि पेट ठीक पार्न, खाना पचाउन दही खाए हुुन्छ । किनभने यसैमा छ ‘ल्याक्टो ब्यासीलाई’ ।

कतिपयलाई दूूध खाएपछि पेट गडबड हुुन्छ, दही खाँदा उनीहरुलाई केही समस्या हुँदैन । दूूधमा भएको ‘ल्याक्टोज’ नामक तत्व नपच्नेहरुलाई दही सजिलै पच्छ ।

दहीले शरीरको रोगसँग लड्ने क्षमता बढाउँछ । विभिन्न वैज्ञानिक अनुुसन्धानले देखाएका छन् कि दहीले पेटमा भएका असल कीटाणुलाई बढाउँछ । एन्टिबायोटिक खाएपछि कसै–कसैलाई पेट गडबड हुुँदा दही खाने सल्लाह दिइन्छ ।

यसमा रहेको क्याल्सियमले हड्डी बलियो राख्छ, त्यसैले बालबालिका, वृद्ध र महिनावारी सुुकिसकेका महिलाका लागि यसको विशेष महत्व छ । दहीमा भएको भिटामिन ‘बी१२’ ले स्वास्थ्यलाई फाइदा गर्छ । दहीबाट बन्ने पनिर, सिकनी आदि तत्वले स्वाद र स्वास्थ्य दुुवै दिन्छ । कब्जियत हुुने व्यक्तिहरुको लागि त दही एकदम लाभदायक हुुन्छ । उपवास बस्दा दही खाने राम्रो चलन हो ।

दहीलाई पानीमा घोलेर मही बनाइन्छ । यसलाई मधेसतिर ‘छाछ’ वा ‘गोरस’ पनि भनिन्छ । दही मथेर नौनी निस्कन्छ, यसबाट घिउ बनाइन्छ । यी सबै वस्तुु स्वास्थ्यका लागि फलदायक छन् । तराईको गर्मीमा त महीले शरीरमा पानीको कमी पनि पूर्ति गर्छ । किसानहरु खेतमा काम गर्न जाँदा ‘छाछ’ लिएर जान्छन् । उनीहरुको काम गर्दाको प्यास र थकान छाछले कम गर्छ । विभिन्न अनुुसन्धानले देखाएका छन् कि दहीमा रहेका लाभदायक कीटाणुुले क्यान्सर उत्पन्न गर्ने कीटाणुुको सक्रियता कम गर्ने सम्भावना छ । आजभन्दा २० वर्षअघि सन् २००० मा म बंगलादेशमा स्वास्थ्यसम्बन्धी कार्यक्रममा जाँदा ‘डाक्टर नभएमा’ पुस्तकका लेखक डेभिड बर्नरले बालबालिकालाई दिसा लाग्दा दही र भात एक राम्रो औषधि हो भनेर कार्यपत्र प्रस्तुुत गरेका थिए । पहिले–पहिले हजुुरआमाहरुले बालबालिकालाई दही–भात मुुछेर ख्वाउने चलन शायद बालबालिकाको पेट ठीक रहोस् भनेर नै होला ।

कब्जियत हुुँदा दही र केरा मुुछेर ख्वाउने चलन पनि छ । दही र केराले कुुपोषित व्यक्तिको स्वास्थ्य तंग्रिन पनि मद्दत गर्छ । बिरामीबाट तंग्रिन लागेका व्यक्तिहरुको लागि दहीले छिटो ठीक हुुन मद्दत गर्छ ।

दही वा दहीका विभिन्न परिकार स्वादअनुुसार खान सकिन्छ । दहीले खाना पच्न मद्दत गर्ने भएकाले होला नेवार समुुदायको भोजमा दही र मूूला राखिएकै हुुन्छ । आजकल त आधुुनिक तरिकाले गरिने ‘बुुफे’ भोजमा पनि मिठाई र दही राख्ने चलन छ । यदि त्यो दही जुजुु धौ भयो भने त पाहुुनाले झन् मीठो मानेर खान्छन् । दही र फलफूल पाहुनाको लागि भनेर तयार गर्ने नेपाली चलन रहेको छ । यस्तो परम्पराको वैज्ञानिक र सांस्कृतिक दुवै महत्व छ । विदेशतिर पनि दही खानाको अन्त्यमा ‘डेर्जट’को रुपमा खाइन्छ ।

बिरेनून र कालो मरिच हालेर मही पिउँदा स्वाद र स्वास्थ्य दुवै पाइन्छ । आलुदम बनाउँदा पनि दही हालेर बनाउन सकिन्छ ।

यस्तै दहीबाट बन्ने मही वा छाछको प्रयोग बालबालिकाको लागि पेयपदार्थको रुपमा गर्दा आर्थिक लाभ त मिल्छ नै, स्वास्थ्यको लागि पनि राम्रो हुुन्छ । विभिन्न प्रकारका चिसो, गुुलियो पेयपदार्थ वा बट्टामा राखेका फलफूूलका जुुसले बालबालिकाको स्वास्थ्यमा नराम्रो असर पुुर्‍यउँछ । उनीहरुलाई मोटो गराउँछ, हड्डी कमजोर गराउँछ, विभिन्न सूक्ष्म पोषक तत्वको कमी गराउँछ । जबकि दहीबाट बनेको महीले बालबालिकालाई स्वस्थ बनाउँछ, रोगसँग लड्ने शक्ति दिन्छ, पेट ठीक राख्छ । बट्टाको जुुसमा ७० प्रतिशतभन्दा बढी चिनी हुुन्छ, फलफूूलको नाममा रसायन राखेको हुुन्छ । त्यसैले धेरै दिनसम्म बिग्रँदैन तर यो खाँदा बच्चाको स्वास्थ्यचाहिँ बिग्रन्छ ।

चिसो पेयपदार्थले बालबालिकालाई हानि गर्छ भन्ने कुुरा त अहिले धेरै जनालाई थाहा भइसकेको छ तर अफसोस ! कति अभिभावकले सानैदेखि आफ्ना बालबालिकालाई यस्तो ‘चिसो’ गुुलियो पदार्थ दिएर उनीहरुको दाँत, हाड बिगार्छन् । गाईभैंसीको दूूध पर्याप्त हुने ठाउँमा पनि सन्तानलाई मही नदिएर ‘चिसो’ पेय दिनाले बच्चा कमजोर हुुन्छ भन्ने थाहा पाउनै पर्छ । ‘चिसो’ पेयपदार्थको प्रयोगले बालबालिकालाई सानोमा नै मधुुमेह हुुने सम्भावना बढ्छ ।

दही–महीको प्रयोग गर्दा अनेक थरीका परिकार बनाउन सकिन्छ । सुुदूूर पश्चिममा दही र चामलको पिठो हालेर पकाइने ‘निसौस्या’ एक विशेष परिकार हो । यो मीठो त हुुन्छ नै, लामो यात्रामा लैजाँदा पनि छिट्टै बिग्रँदैन ।

त्यसै गरी अमिलो मही र बेसन हालेर पकाएको ‘कढी’ पनि भारततिर र नेपालको तराईतिर खूब खाइन्छ । गर्मीको बेलामा दही र भान्टाको रायताले शीतलता र स्वाद दुुवै दिन्छ । पाल्पाको विशेष परिकार चुुकौनी छ । दही र उसिनेको आलुु मोलेर झानेको चुुकौनी भात, चिउरा, रोटी जेसँग पनि खान सकिन्छ ।

दहीको पानी निकालेर बनाइएको सिकर्नीमा दालचिनी, स्वादअनुुसार मह, सख्खर वा चिनी अनि काजुु, किसमिस हाल्दा एक विशेष परिकार बन्छ । पश्चिम बंगालमा दहीमा केसर हालेर बनाएको श्रीखण्ड भन्ने विशेष प्रकारको दहीको स्वाद एकचोटि खाएपछि बिर्सन सकिन्न ।
रसियनहरुले बन्दाकोपी र चुुकन्दर हालेर पकाएको विशेष प्रकारको सुुपमा विशेष प्रकारको दही हाल्छन् । यसलार्ई ‘स्मिताना’ भनिन्छ । रसियनहरुको ‘स्मिताना’ युुरोपभरि प्रसिद्ध छ । दही खानको लागि मात्र होइन, छाला र कपालमा लगाएर छाला स्वस्थ पार्न पनि प्रयोग गरिन्छ । दही, बेसन र बेसार मिलाएर अनुुहार सफा गर्ने पुुरानो चलन हो । चाया परेको कपालमा अमिलो दही र तोरीको तेल लगाएर कपाल नुुहाउने चलन पनि छ ।

घामको किरणले छाला डढ्यो भने दही लगाएर शीतल गराउने चलन छ । दही, मह, कागती अनुुहारमा लगाउने सल्लाह त हजुुरआमाले पनि दिने गर्थे, अहिले विभिन्न पार्लरमा काम गर्ने व्यक्तिहरुले पनि दिन्छन् ।

हुुन त दूूध दहीको प्रयोग गर्नुुहुुँदैन भन्ने केही व्यक्तिहरु पनि छन् । माछा, मासुु, मह, दूूध र दूधजन्य वस्तुुहरु केही नखाने उनीहरुले के तर्क गर्छन् भने ‘मानिसले जनावरको दूूध वा दुुग्धजन्य पदार्थ खानुु ठीक छैन । यसले शरीरलाई हानि गर्छ ।’ यस्तो व्यक्तिलाई ‘भेगान’ भनिन्छ । उनीहरुको तर्कसँग सहमत हुुने मानिसहरुले दूूध–दही खान छोड्छन् । उनीहरुको विश्वासलाई हामीले आदर गर्छौं । तर विभिन्न वैज्ञानिक अनुुसन्धानले दही स्वास्थ्यको लागि उपयुक्त छ भनेर देखाएकोले ५ अमृतमध्ये एक अमृत दहीको प्रयोग ठीक नै हुुन्छ ।

प्रतिक्रिया दिनुहोस्