रोचक जानकारी



१. मानिसको जिब्रो आठवटा मांसपेशी मिलेर बनेको हुन्छ, हात्तीको सुँड वा अक्टोपसको हात–खुट्टा पनि यसरी नै बनेको हुन्छ ।

२. मानव शरीरमा सबभन्दा छिटो बढ्ने अंग छाला हो ।

३. गाईले तेल उद्योगको भन्दा बढी मिथेन उत्सर्जन गर्छ, जुन ग्लोबल वार्मिङको ठूलो कारक हो ।

४. संसारमा भोकमरीको तुलनामा धेरै मानिस मोटोपनबाट पीडित छन् ।

५. जब तपाईंले तौल घटाउनुहुन्छ, धेरैजसो फ्याट कार्बनडाइअक्साइडको रूपमा बाहिर निस्कन्छ भने बाँकी पानीको रूपमा उत्सर्जित हुन्छ ।

६. मसलादार खाना खाने मान्छे लामो समयसम्म बाँच्ने गर्छ ।

७. नीलो ह्वेलको मुटु कारजत्तिकै ठूलो हुने गर्छ ।

८. चुम्बन गर्दा दाँत बिग्रन सक्छ ।

९. सुतेको बेला हाच्छ्यूँ गर्न असम्भव हुन्छ ।

१०. हाम्रो शरीरमा करिब ०.२ मिलिग्राम सुन हुन्छ, यो प्रायः रगतमा पाइन्छ ।

११. नवजात शिशुको शरीरमा करिब एक कप रगत हुन्छ ।

१२. उच्च बौद्धिक मानिस बढी चिन्तित हुन्छन् ।

१३. डिप्रेसनले सामान्यरूपमा भन्दा तीनदेखि चार गुणा बढी सपना देखाउने गर्छ ।

१४. हालसालै गरिएको अध्ययनका अनुसार मल्टिभिटामिनले क्यान्सर र हृदय रोगको जोखिमलाई बढाउँछ ।

प्रतिक्रिया दिनुहोस्