जन अदालत



हाम्रा संस्कारमा स्वास्थ्य विज्ञान

बिहान घाम झुल्किँदा बुबाले सूर्यलाई नमस्कार गर्न लगाउनुभएको बाल्यकालको सम्झना छ । अहिले डा. प्रकाशराज रेग्मीद्वारा लिखित घाम ताप्ने बारेको लेखले म झनै स्पष्ट भएँ । मैले त बाबाले सूर्यलाई नमस्कार गर्न लगाएदेखि नै भिटामिन डी प्राप्त गरेको रहेछु । हाम्रा कतिपय पूर्वीय संस्कारमा वैज्ञानिकता छ । यस्ता कुरामा आधुनिक स्वास्थ्य विज्ञान जोडेर लेखिदिनुहुन डा. साबलाई अनुरोध गर्दछु ।

– तुलसी सापकोटा, हाल : सानो ठिमी, भक्तपुर ।

स्तम्भकारहरुको कलम चलिरहोस्

साधनाको केही अगाडिको अंकमा डा. अरुणा उप्रेतीको रजोनिवृत्तिसम्बन्धी लेख हामीजस्ता युवतीका लागि पठनीय छ । साथै डा. प्रकाशराज रेग्मी, डा. सुमन ताम्राकार, डा. राजेन्द्र भद्रा, डा. रामदेव पण्डित आदिका हरेक अंकमा फरक–परक धारका लेखले म साधनाप्रति झनै आकर्षित भएकी छु । यस्ता स्तम्भकारको सधैँ कलम चलिरहोस् ।

– स्मृति मानन्धर, पाटन, ललितपुर ।

प्रतिक्रिया दिनुहोस्