क्यान्सर खानामा पनि निर्भर छ



खा नासँग क्यान्सरको गहिरो सम्बन्ध रहेको र हामीले के खाएका छौँ, कति खाएका छौँ र कसरी खाएका छौँ भन्ने कुरामा पनि क्यान्सर हुने/नहुने कुरा निर्भर रहेको भारतीय क्यान्सर इमुनो थेरापिस्ट डा। जमाल ए खानले बताएका छन् ।

क्यान्सरबाट बच्ने उपायसम्बन्धमा भिडियो सन्देशमार्फत जानकारी दिँदै उनले भनेका छन्, ‘हामी खाना खाँदा पूरा पेट नभरिउन्जेल खाइरहन्छौँ, जुन क्यान्सर मात्र होइन सम्पूर्ण स्वास्थ्यका दृष्टिले गलत छ । दुब्लो र साधारण मानिसदेखि बलियो पहलमानसम्मले खाना खाँदा अलिकति भोक बाँकी रहँदै उठ्नुपर्छ । यसो गर्दा खाना राम्ररी पच्छ । तर खाना ज्यादा खाइयो भने त्यो खाना पचाउनका लागि शरीरका कोषहरुको वृद्धि हुनुपर्छ र वृद्धि हुन्छ पनि । यसरी खाना पचाउनका लागि कोषहरुको वृद्धि हुँदा केही खराब कोषको विकास पनि हुन्छ, जसबाट पछि क्यान्सर हुन जान्छ । त्यसैले हामी यति खाना खाऊँ कि खाइसकेर पनि हामीलाई अलि–अलि भोक लागिरहेको होस् ।’

‘युरोप अमेरिकामा दाल कम खाने गरिन्छ । यो कुनै महत्वपूर्ण खाना मानिदैन । दालको बारेमा उनीहरुलाई थाहा नभएर नखाएको होइन, थाहा छ तर खाँदैनन् । दाल पच्न मुस्किल हुन्छ । दाललाई पचाउन हाम्रो पाचन प्रणालीले धेरै शक्ति खर्च गर्नुपर्छ । बेसन खाँदा यसबाट पनि पेट खराब हुन्छ । मानिसहरु धेरैजसो तेलको कारण पेट खराब भएको ठान्छन् । तर बेसन आफैँमा पच्न गाह्रो हुने खाना हो । गहुँभन्दा दाल धेरै भारी खाना हो । जुन खाना पेटमा धेरैबेर रहन्छ र पेटको पाचन शक्तिलाई धेरै काम गर्न बाध्य बनाउँछ, त्यो इन्फ्लेमेट्री खाना हो, यसले क्यान्सर हुने स्थिति सिर्जना गरिदिन्छ ।’

‘पश्चिमाहरु दालबाट प्राप्त हुने पोषण तत्व गेडागुडीको टुसाबाट प्राप्त गर्छन् । यसलाई काँचै खान्छन् । यसको स्वाद धेरै मीठो नहुने भएकाले थोरै खान्छन् । तर यसले पोषणको आवश्यकता सबै पूरा गरिदिन्छ । सबैभन्दा राम्रो भिटामिन बी कम्प्लेक्स गेडागुडीको टुसामा पाइन्छ, जुन महत्वपूर्ण इन्जाइम हो । हाम्रो इम्युन सिस्टम बी कम्प्लेक्समा आधारित छ ।’

‘उखु स्वास्थ्यका लागि खराब होइन तर उखुबाट बनाइएको चिनी स्वास्थ्यका लागि लाभदायक छैन । रिफाइन चिनी खराब छ, बरु सख्खर राम्रो हुन्छ । रिफाइन चिनी बनाउँदा केमिकलहरु मिसाइएको हुन्छ । ज्यादा चिनी खानु खराब हो । कम मात्रामा मिठाइ, चकलेट, केकहरु खानु ठीकै हो तर धेरै खानु स्वास्थ्यका लागि हानिकारक छ ।’

‘दक्षिण एसियामा नै मुखको क्यान्सर धेरै पाइएको छ । यो गुट्खा तथा सुर्ती सेवनले भएको हो । अर्को धेरै पाइने बे्रेस्ट क्यान्सर हो, जसको मुख्य कारण ढिलो विवाह र ढिलो बच्चा पाउने वा बच्चालाई दूध नखुवाएको कारणले भएको हो । पाठेघरको क्यान्सर पनि योसँग सम्बन्धित छ । साथै गर्भनिरोधक पिल्सहरु पनि यसको कारण हो ।’

– डा. जमाल ए खान

‘यस्तै गरी कारखानामा तयार गरिने प्रोसेस फुड (प्लास्टिक बन्द वा टिनमा बन्द गरिएका तयारी खाना) आज शिशुहरुलाई बढी खुवाउन थालिएको छ । डब्बाको दूध प्रोसेस फुड हो । जीवनमा सबैभन्दा बढी प्रोसेस फुड जन्मको दुई वर्षभित्रमा खुवाइन्छ । एउटा त विज्ञापनको कारण खुवाउँछौँ भने अर्को छिमेकी र परिचितहरुले दिएको सल्लाहको कारणले । दुई वर्षपछि बल्ल बच्चाले प्राकृतिक खाना बढी खान पाउँछ । दुई वर्षसम्म बच्चाको इम्युन सिस्टम तयारी खानामा निर्भर रहेको हुन्छ । दुई वर्षको उमेरपछि बच्चालाई बढी प्राकृतिक खाना खुवाइने भएकाले इम्युन सिस्टमलाई त्यहीअनुसार परिवर्तन हुन आवश्यक हुन्छ ।’ ‘साथै बट्टाको दूधले बच्चालाई सबैभन्दा बढी एलर्जी हुन्छ । विशेष गरी छाला चिलाउने, डाबर आउने हुन्छ । बट्टाको दूध रोकिदिने हो भने एलर्जी हट्छ । अहिले बच्चाका डाक्टरहरुले बच्चाको प्रोसेस फुडका उत्पादकले गरेको कुनै पनि स्पोन्सर स्वीकार गर्दैनन्, यो प्रतिबन्ध नै भइसकेको छ । तर अहिले पनि बाबुआमाले यस्तो खाना बच्चालाई खुवाउने गरेको पाइन्छ । बच्चालाई घरमै बनेको खाना खुवाउनुपर्छ । जुन बालबालिकालाई प्रोसेस फुड खुवाइएको छ, उसको स्वास्थ्य भविष्य राम्रो हुँदैन । ५० वर्षमा गएर पनि उसलाई कुनै स्वास्थ्य समस्या हुन थाल्यो भने दुई वर्षको उमेरसम्म खाएको प्रोसेस फुडको कारणले हुन सक्छ ।’

‘युरोप, अमेरिकामा सागसब्जीहरु उमालेर खाइन्छ तर हामी यसलाई पकाएर खाने गर्छौं । मसला राखेर करी बनाएर खान्छौं । यसरी पकाएको तरकारी पकाउने प्रक्रियामा नै यसको महत्वपूर्ण पोषक तत्व नष्ट भएर जान्छ । पेट भरिए पनि जुन उद्देश्यले खाइएको हो, त्यो पूरा हुँदैन ।’

‘माछा–मासुमध्ये माछा राम्रो मानिन्छ । माछा खाँदा हल्का महसुस हुन्छ र पोषण तत्व पनि धेरै हुन्छ । माछा खाँदा पेटबाट दिमागमा एकदमै छिटो सन्देश जान्छ । त्यसकारण माछा थोरै खाँदा पनि अघाएको महसुस हुन्छ । मासु बराबर माछा खान सकिँदैन । दुई–तीन टुक्रा माछा खाएपछि पेट भरिएको अनुभव हुन्छ । रातो मासु हामी जति खान्छौँ त्यति नै शक्ति प्राप्तिका लागि सेतो मासु तीन गुणा बढी खानुपर्छ । कोलेस्ट्रोल रातो मासुमा बढी हुन्छ र सेतोमा कम हुन्छ । कोलेस्ट्रोल बढी हुनु ठीकै मान्न थालिएको छ । चार खुट्टा टेकेर हिँड्ने रातो मासु र दुई खुटट टेकेर हिँड्ने सेतो मासु भनिन्छ । माछालाई सेतो मासु भनिन्छ तर साल्मोन माछालाई चाहिँ रातो मासुमा नै राखिएको छ ।’

स्वास्थ्यलाई राम्रो गर्ने खाना कुन हो त रु भन्ने प्रश्नमा डा। खान भन्छन्, ‘जो राम्ररी पच्छ त्यही राम्रो हो, जसबाट क्यान्सर हुँदैन । यसलाई मेडिटेरानेयन फुड (Mediterranean Food) भनिन्छ । यो खानामा मासु खाए तापनि राम्ररी पकाएर खाइन्छ तर मसला राखेर पकाइँदैन । मसला ज्यादा राख्यो भने शक्ति कम हुन्छ र धेरै खानुपर्छ । मसला कम राखेर वा नराखी खायो भने मासु कम प्रयोग हुन्छ, थोरै मासुले पनि पेट भरिन्छ । यो खानामा सलाद धेरै हुन्छ । मेडिटेरानेयन फुडमा सलाद धेरै हुन्छ । बन्दाकोपीलगायतका पात भएका सलाद समावेश गरिन्छ । यो खाना धेरै स्वस्थ मानिन्छ । यो इनफ्लेमेट्री फुड होइन । यो खानाले पेट छिटो भरिन्छ । दिमागमा सन्देश छिटो पुग्छ र हामी खाना छोड्छौँ । तर जब हामी दालसँग खाना खान्छौँ यसको सन्देश हत्तपत्त ब्रेनमा पुग्दैन र हामी धेरै खान्छौँ । यसले गर्दा भोक लाग्ने भइरन्छ । जब हामी हरिया पातसहितका सलादहरु प्रशस्त खान्छौँ, दिमागमा सन्देश पनि छिटो पुग्छ र हामी थोरै खानाबाट सन्तोष हुन्छौँ । आज त खानामा पहिला सलाद खाने चलन चलेको छ ।’

‘दक्षिण एसियामा नै मुखको क्यान्सर धेरै पाइएको छ । यो गुट्खा तथा सुर्ती सेवनले भएको हो । अर्को धेरै पाइने बे्रेस्ट क्यान्सर हो, जसको मुख्य कारण ढिलो विवाह र ढिलो बच्चा पाउने वा बच्चालाई दूध नखुवाएको कारणले भएको हो । पाठेघरको क्यान्सर पनि योसँग सम्बन्धित छ । साथै गर्भनिरोधक पिल्सहरु पनि यसको कारण हो ।’ ‘मानिसको शरीरमा दैनिकजस्तो नयाँ कोषहरु बनिरहेको हुन्छ र पुराना कोष मरिरहेको हुन्छ । यो क्रिया आमाको कोखदेखि नै भइरहेको हुन्छ । यसरी कोषहरु बन्दा केही खराब कोषहरु पनि बनेका हुन्छन् । यसरी बनेका खराब कोषलाई हाम्रो शरीरको इम्युन सिस्टमले नष्ट गरेर सफा गरिदिन्छ । यदि कुनै बेला बनेको खराब कोषलाई इम्युन सिस्टमले चिनेन र त्यस्ता खराब कोषहरु आफ्नै हिसाबले विकास हुन थाले भने त्यसलाई क्यान्सर भनिन्छ । यसको कारणमा मुख्यतः भोजन, व्यायाम र हामी वरिपरिको वातावरण हो ।’

स्रोत : युट्युब
प्रतिक्रिया दिनुहोस्