जनअदालत



अनलाइनमा पढ्न पाउँदाको खुशी

म अमेरिकामा आएको चार वर्ष भयो । अनलाइनमा नेपालका समाचारहरु हेर्ने क्रममा साधनाका लेखहरु देख्दा चार वर्षअघिको याद आयो, जुन बेला पसलबाट साधना किनेर पढ्ने गरेको थिएँ ।

अहिले विदेशमा भए पनि अनलाइनमा साधना पढ्न पाउँदा धेरै खुशी लागेको छ । यसको निरन्तरता भइरहोस् ।

– राजु थापा, सिकागो, अमेरिका ।

आयुर्वेद शिक्षा

साधनाका नियमित स्तम्भकारका लेखहरु प्रायः नछुटाई पढ्ने गरेको छु । आयुर्वेदप्रति बढी नै झुकाव भएकाले डा। रामदेव पण्डितका लेखहरु असाध्यै मन पर्छ । रोगप्रतिरोधात्मक क्षमता बढाउनका लागि शरीरमा पर्याप्त मात्रामा स्वच्छ हावाको आपूर्ति, सही मात्रामा स्वच्छ जल र सन्तुलित एवं पौष्टिक भोजनको सम्यक आपूर्ति हुनुपर्छ भनेर उहाँले कति उपयोगी शिक्षा दिनुभएको रहेछ । खुशी लाग्यो ।

– हरि शर्मा, त्रिशुली, नुवाकोट ।

प्रतिक्रिया दिनुहोस्