रोचक जानकारी



१. केवल २० मिनेट मात्र बाहिर पार्कमा वा हरियो ठाउँमा घुम्नाले पनि व्यक्तिमा आनन्दको अनुभव हुन्छ ।

२. बस्नु र सुत्नु स्वास्थ्यको लागि राम्रो हो तर यो अधिकरुपमा गरियो भने यसले मृत्युको सम्भावना बढाउन सक्छ ।

३. भकभकाएर बोल्ने मानिसले आफ्नै आवाज नसुनी बोल्यो भने सजिलै बोल्न सक्छ ।

४. हाँसोले शरीरमा एन्टिबडी उत्पादन बढाउँछ, जसले प्रतिरक्षा प्रणाली (Immune system) लाई बलियो बनाई भाइरस र ट्युमर सेलहरू मार्न मद्दत गर्दछ ।

५. हाम्रा औंलाहरूमा कुनै मांसपेशी हुँदैन । औंलाहरूलाई हत्केला र हातको मांसपेशीले चल्न मद्दत गर्दछ ।

६. मधुरो प्रकाश भएको कोठामा ऐना हेर्दा विकृति र भ्रम (Distortions and hallucination) पैदा गर्ने गर्छ । जसका कारण मानिसहरूले प्रेतजस्ता चीजहरू देखेँ भनेर दाबी गर्छन् ।

७. लामो समयसम्म एकै ठाउँमा बस्नाले मानिसको स्वास्थ्यमा धूमपान गर्दा हुने जत्तिकै खराब असर पुग्छ ।

८. रगत सबैभन्दा बढी आपूर्ति गर्ने अंग कलेजो हो । यसले प्रतिमिनेट लगभग १५ सय मि।लि। रगत आपूर्ति गर्ने गर्छ ।

९. हाम्रो रगतमा समुद्रमा पाउने जत्तिकै नूनको मात्रा हुन्छ ।

१०. मानिस मात्रै यस्तो प्राणी हो, जो दुःखी हुँदा रुने गर्छ ।

११. थकित भएको बेला पनि व्यायामले तपाईंलाई झन् बढी ऊर्जा प्रदान गर्दछ ।

१२. परिवार र साथीहरूसँग राम्रो सम्बन्ध कायम राख्नु तपाईंको स्वास्थ्य, मेमोरी र दीर्घायुको लागि राम्रो हो ।

१३. चकलेट तपाईंको छालाको लागि राम्रो हुन्छ, यसका एन्टिअक्सिडेन्टहरूले रगतको प्रवाहमा सुधार गर्छ र विकिरणहरुबाट हुने क्षतिबाट बचाउँछ ।

प्रतिक्रिया दिनुहोस्