रोचक जानकारी



१. पौडी खेल्दा गर्भवतीको शरीरमा हुने दुखाइ र पीडा कम गर्न मद्दत पुग्नुका साथै पेटको मांसपेशी कसिलो बनाउन पनि सहयोग पुग्छ ।

२. पानी पिउनाले संक्रमणलाई रोक्न र तौल घटाउन मद्दत गर्दछ ।

३. फोक्सो पानीमा तैरिन सक्छ । तपाईंको शरीरमा अरु कुनै पनि अंग यसरी तैरिन सक्दैन । सास पूरा बाहिर फाल्दा पनि फोक्सोमा १ लिटर हावा भरिरहेको हुन्छ, जसले यसलाई तैरिन मद्दत गर्दछ ।

४. मानिसले सास फेर्दा निलेको हावामध्ये ५ प्रतिशत अक्सिजन मात्र शरीरले प्रयोग गर्छ ।

५. हप्ताको २ देखि ३ पटकसम्म चाउचाउ खाने व्यक्तिलाई हृदय रोग, स्ट्रोक र मधुमेहको जोखिम बढी हुन सक्छ ।

६. गोही बुढ्यौलीको कारण मर्दैन । किनकि उनीहरूको जैविकरूपले उमेर बढ्दैन । गोही या त रोगले वा भोकले मर्ने गर्दछन् ।

७.दिनभर ओछ्यानमा पल्टेर बस्ने इच्छालाई क्लिनोमेनिया (Clinomania) भनिन्छ । यस्तो इच्छा भएको मानिस सधैँ ओछ्यानमा पल्टिरहन चाहन्छ ।

८. घरपालुवा जनावरहरुले तपाईंको स्वास्थ्यलाई राम्रो गर्नुका साथै तपाईंको मुडलाई चुस्त बनाउन र रक्तचाप कम गर्न सहयोग गर्दछ ।

९. १७ देखि १९ घण्टासम्म नसुतीकन बस्दा मानिसको शारीरिक कार्य क्षमता नशामा डुबेको बेलाजस्तो हुन्छ ।

१०. चुरोटको ठुटो संसारमा सबैभन्दा बढी वातावरणीय विषाक्त तत्व उत्पन्न गर्ने वस्तु हो ।

११. डिप्रेसन ३ वर्षको उमेरदेखि नै पनि देखा पर्न सक्छ ।

१२. लामो दौडमा गएपछि तपाईंलाई महसुस हुने उत्साहलाई इन्डोक्यानाबिनोइड्स (endocannabinoids) भनिन्छ । यस्तो उत्साह दिने रासायनिक तत्व गाँजामा पनि पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्