कोभिड : मोटो मानिसलाई बढी खतरा



कोभिड–१९ ले मोटो तथा बढी तौल भएको मानिसलाई ज्यादा असर पुर्‍याउन सक्ने नयाँ अध्ययनले देखाएको छ । बेलायती विशेषज्ञका अनुसार मोटो तथा बढी तौल भएका मानिसमा कोरोना भाइरसको संक्रमण भएमा गम्भीररुपमा बिरामी हुन सक्ने र उसको मृत्यु हुन सक्ने बढी खतरा देखिएको छ । बृटिस स्वास्थ्य विभाग, पब्लिक हेल्थ इङ्ग्ल्यान्डले गरेको अध्ययनअनुसार ज्यादा मोटो तथा तौल बढी भएका मानिसमा कोरोना संक्रमण भई अस्पताल भर्ना हुनुपर्दा उनीहरुलाई आईसीयुको जरुरत बढी परेको पाइएको छ ।

पब्लिक हेल्थ इङ्ग्ल्यान्डका प्रमुख पोषणविज्ञ एलिसन टेडस्टोनका अनुसार बढी तौल भएका मानिसमा अरु रोगहरु हुने खतराको साथसाथै कोभिड–१९ को संक्रमणबाट बिरामी हुने र यसैबाट मृत्यु हुने खतरा धेरै हुन्छ । उनी भन्छन्, ‘शरीरको तौल कम गर्दा कोभिड–१९ को खतरा कम हुनुका साथै सम्पूर्ण स्वास्थ्यमा लाभ पुग्छ ।’

– स्रोत : बीबीसी
प्रतिक्रिया दिनुहोस्