रोचक जानकारी



१. परेला (Eyelashes) को आयु लगभग १५० दिनको हुन्छ ।

२. महिलाहरु रङ्ग छुट्याउन तेज हुन्छन् भने पुरुषहरु छिटो चल्ने वस्तुलाई ट्रयाक गर्न तेज हुन्छन् ।

३. हाम्रो आँखाका गेडीहरु मस्तिष्कको हिस्सा हुन्, जसलाई सीधा बाहिरैबाट देख्न सकिन्छ ।

४. मानिसलाई खाना पचाउन कम्तीमा ६ घण्टा लाग्ने गर्छ ।

५. मानव शरीरमा कम्तीमा ७ सय इन्जाइमहरू सक्रिय भइरहेका हुन्छन् ।

६. शरीरमा सबैभन्दा छिटो कपालको टिस्यु बढ्छ ।

७. मानिसको पेटमा रहेको सानो आन्द्रा २.५ मिटरको हुन्छ तर मृत्युपश्चात् बढेर ६ मिटरसम्म पुग्ने गर्छ ।

८. शरीरमा पाइने भावना उत्पन्न गर्ने रसायन फनाइलथाइलामिन (phenylethylamine) चकलेटमा पनि पाइन्छ ।

९. भोकले भन्दा मानिस निद्राको अभावबाट छिटो मर्न सक्छ ।

१०. मानव ओठ औंलाहरूभन्दा सयौं गुणा बढी संवेदनशील हुन्छ ।

११. स्याउ र केराको गन्धले मानिसको तौल घटाउन मद्दत गर्दछ ।

प्रतिक्रिया दिनुहोस्