कोरोनासम्बन्धी भ्रम



कोरोना भाइरसको उपचारसम्बन्धमा विभिन्न भ्रमात्मक समाचारहरु पनि प्रकाशन भइरहेका छन् । यस्ता भ्रमपूर्ण समाचारले मानिसको स्वास्थ्य राम्रो बनाउने भन्दा पनि झन् जोखिममा पार्ने खतरा हुन्छ ।

अहिले मदिरा सेवन गर्दा कोरोना भाइरसबाट बच्न सकिन्छ भन्ने समाचारहरु निरन्तर आइरहेको देखिन्छ । कतिपय स्थानमा यस्तै भ्रमपूर्ण समाचारको भर परेर अत्यधिक घरेलु मदिरा सेवन गर्दा मानिसको ज्यान पनि गएको छ । यस्ता समाचार चर्चित व्यक्तिहरुको भनाइका रुपमा पनि आएका छन् । मदिरा सेवनले कोरोना भाइरसलाई रोक्न सक्तैन, बरु यसबाट हानि पुग्न सक्छ ।

केही दिनअघि भारतीय कांग्रेसका एक नेता तथा राजस्थान राज्यका एमएलए भरत सिंहले मुख्यमन्त्रीलाई चिठी लेख्दै भनेका थिए, ‘यदि अल्कोहलले हात धुँदा कोरोना भाइरस जान्छ भने अल्कोहल पिउँदा घाँटीमा भएका भाइरस निश्चय नै हट्छ । त्यसकारण लकडाउनका कारण बन्द गरिएका राज्यका मदिरा पसलहरु तुरुन्तै खोल्नुपर्छ  ।’

तर मदिरा खाँदा घाँटीको भाइरस पखालिने भन्ने कुरा मेडिकल साइन्सले प्रमाणित गरेको छैन । विश्व स्वास्थ्य संघले स्पष्टसँग भनेको छ, ‘मदिरा सेवनले भाइरस रोक्न कुनै मद्दत गर्दैन, बरु स्वास्थ्य समस्या हुने जोखिमचाहिँ बढाउँछ । हात धुनका लागि बनाइने जेलका लागि भने मदिरा प्रयोग गर्न सकिन्छ । भाइरस फैलिन नदिन नियमितरुपले हात धुनुपर्छ ।’

भारतीय योगगुरु रामदेवले युवाहरुका लागि एक मिनेट र प्रौढहरुले ३० सेकेन्डम्म सास रोकेर राख्न नसकेमा त्यो भाइरस भएको संकेत हुनुपर्छ भनेर प्रचार गरेका छन् । तर यो दाबीमा पनि कुनै वैज्ञानिकता छैन ।

यस्तै गरी रामदेवले सरस्युँको तेलको थोपा नाकमा राखेर स्वासप्रस्वास गर्ने हो भने स्वास नलीमा रहेका भाइरस बगेर पेटमा पुग्छन् र पेटको एसिडले मर्छन् भनेर दाबी गरेका छन् । तर यो पनि सत्य नभएको बताइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रमले अल्ट्राभायोलेट लाइटले भाइरस मर्छ भनेर प्रेस ब्रिफिङमा बोलेपछि यो भनाइ निकै विवादास्पद भएको थियो । सूर्यको प्रत्यक्ष किरण ९गतिचबखष्यभित० लामो समय पार्दा पनि कोरोना भाइरस नमरेको प्रमाण पाइएको छ । बरु सूर्यको प्रत्यक्ष किरण लामो समय शरीरमा पार्दा यसले शरीरका टिस्युहरुमा क्षति पु¥याउन सक्ने पाइएको छ ।

स्रोत : बीबीसी वल्र्ड
प्रतिक्रिया दिनुहोस्