जन अदालत



कोरोनाको हाउगुजीबारे सामग्री

यतिखेर मुलुक कोरोनाको महामारीले आक्रान्त छ । एकातिर संक्रमितहरुको संख्या बढिरहेको छ भने अर्कोतिर यसको त्रासले उत्पन्न मानसिक समस्या भयावह बन्ने अवस्था छ । यस अवस्थामा साधनाले हरेक अंकमा कोरोनाको हाउगुजीलाई मत्थर पार्ने किसिमका पाठ्यसामग्री दिएर ठूलो गुन लगाएको छ । यस्तै समयसापेक्ष लेख–रचनाको अपेक्षा गर्दछु ।

– संयम न्यौपाने, बानेश्वर, काठमाडौं ।

मानसिक समस्यासम्बन्धी स्तम्भ खोइ ?

साधनाका प्रायः हरेक अंकमा मानसिक समस्यासम्बन्धी लेख–रचनाहरु प्रकाशन हुँदै आएकोमा केही अंकदेखि त्यस्ता रचना पढ्न पाइएको छैन । कोरोनाको महामारीलगायत अन्य कारणबाट उत्पन्न मानसिक समस्याले गर्दा यो लकडाउन अवधिभर नेपालमा १५ जनाले आत्महत्या गरेको समाचार छ । कोरोनासँगै मानसिक समस्याले उग्ररुप लिइसकेको अवस्थामा मानसिक रोग विशेषज्ञद्वारा लिखित सामग्री नदेखिनु हामी पाठकको दुर्भाग्य नै मान्नुपर्छ । यसबारे सोचियोस् ।

– विराज बुढाथोकी, धुलिखेल, काभ्रे ।

 

प्रतिक्रिया दिनुहोस्