कोरोना दोहोरिन पनि सक्छ ?



अहिले विश्वका धेरै स्वास्थ्य संघसंस्थाहरु कोरोना भाइरसविरुद्ध खोप तयार गर्न रातदिन खटिरहेका छन् । अमेरिका, चीन, बेलायत, भारत, रुस आदि देशका कतिपय स्वास्थ्य निकायहरुले यस्तो खोपको परीक्षण रिपोर्ट सकारात्मक आएको उत्साहजनक जानकारी पनि दिइरहेका छन् । कतिपय संघसंस्थाहरु तेस्रो चरणको परीक्षण गर्न लागिसकेका छन् । यस्तो परीक्षण नेपालमा नै पनि हुन लागेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यस किसिमको प्रगतिले कोरोनाबाट प्रभावित विश्वका मानिसहरुमा केही मात्रामा भए पनि आशाको सञ्चार गरेको छ । यसका साथै कोरोना भाइरसबाट संक्रमण भई निको भइसकेको मानिसमा फेरि संक्रमण देखिँदा कोरोनाविरुद्धको खोप नै असफल हुने हो कि भनेर आशंका पनि पैदा भएको छ । एकपटक निको भइसकेको मानिस फेरि कोरोनाबाट संक्रमित हुने हो कि भन्ने चिन्ता पलाउन थालेको छ । सामान्यतया कोरोनाको संक्रमणबाट निको हुनु भनेको उसमा इम्युनिटी पावर अर्थात् रोगस“ग लड्ने शक्तिको विकास हुनु हो । तर यस्तो इम्युनिटी पावर मानिसमा कहिलेसम्म रहिरहन्छ भन्ने प्रश्न खडा भएको छ ।

कोरोना भाइरस संक्रमण भई निको भइसकेका हङकङका ३३ वर्षीय मानिसमा करिब चार महिनापछि फेरि कोरोनाको संक्रमण देखिएपछि सबैलाई यसबारेमा चिन्ता भएको हो । यसरी रोग दोहोरिएर देखा पर्दा खोपको प्रभावकारितामा पनि आशंका उब्जिएको हो । तर विश्व स्वास्थ्य संगठनले एकजना बिरामीमा रोग दोहोरिएको केसलाई मात्र लिएर निष्कर्षमा पुग्नु नहुने बताएको छ । विशेषज्ञहरुका अनुसार यसरी रोग दोहोरिएर आउनु ज्यादै दुर्लभ घटना हो र यसलाई ज्यादै गम्भीररुपमा लिन आवश्यक छैन ।

– स्रोत : बीबीसी
प्रतिक्रिया दिनुहोस्