जनअदालत



साधना पाउनै कठिन
म साधना हेल्थको नियमित पाठक हँ तर आजकल साधना बजारमा किन्न नपाउ“दा मन खिन्न भएको छ । कुरा गत असोज महिनाको हो, डा. प्रकाशराज रेग्मीद्वारा लिखित ‘महिलाको मुटु’ शीर्षकको लेख फेसबुकमा देखेँ, जुन साधना पत्रिकाबाट लिइएको थाहा भयो । महिला भएका नाताले सो लेख नपढिरहन सकिन । तर अन्य लेख पढ्नका लागि साधना किन्न पत्रिका पसलमा जा“दा साधना छैन भनियो । यसरी बजारमा साधनाको अभाव नहोस् ।

– चुन्नी सुवाल, बनेपा, काभ्रे ।

साधना टिमसँग एउटा माग
यो कोरोना महामारीका समयमा पनि विभिन्न विज्ञ डाक्टरका लेख–रचनासहितका स्वास्थ्यसम्बन्धी जानकारीहरु निरन्तर पस्कन सफल भएकोमा साधना टिमलाई धन्यवाद ! मैले साधना नियमितजस्तै पढ्ने गरेको छु । अझ यो २०७७ सालदेखि त अनलाइनमा पढ्ने मौका मिलेको छ । तर अनलाइनमा राखिएका पुराना अंक मोबाइलमा खुल्दैनन् । पुराना अंकहरु डाउनलोड नगरीकन मोबाइलमा पढ्न मिल्ने बनाइयोस् । साधना टिमसँग यही एउटा माग छ ।

– सनम आले, मनकामना, गोर्खा ।

प्रतिक्रिया दिनुहोस्