रोचक जानकारी



१. सकारात्मक भावना राख्नुका साथै स्वस्थ जीवनशैली अपनाउनाले तपाईंको रोग–प्रतिरोधात्मक क्षमतामा वृद्धि गर्छ ।

२. धेरै सफा भइरहनाले पनि रोग–प्रतिरोधात्मक क्षमताको कार्यमा ह्रास पुग्न सक्छ ।

३. गीत गाउनाले डिप्रेसन र चिन्तालाई कम गर्नुका साथै फोक्सोमा अक्सिजन आपूर्ति बढाउन मद्दत गर्दछ ।

४. जब पानीको मात्रा शरीरको तौल बराबर १ प्रतिशतले घट्छ, तब मानिसलाई प्यास लागेको महसुस हुन्छ । ५ प्रतिशतभन्दा बढी पानीको मात्रा घट्यो भने मानिस बेहोस हुने गर्छ र १० प्रतिशतभन्दा बढी घटेमा डिहाइड्रेसनको कारण मृत्यु हुन सक्छ ।

५. तपाईं जति बढी खुसी हुनुभयो त्यति नै थोरै निदाउँदा पनि स्वास्थ्यमा असर पर्दैन, तर जति दुःखी हुनुभयो त्यति नै बढी निदाउने चाहना बढ्छ ।

६. तपाईंले देख्नुभएका सपनाहरुमध्ये ७० प्रतिशत सपनामा गुप्त सन्देशहरु लुेकेका हुन्छन् ।

 

७. एभोकाडो खानाले कोलेस्ट्रोल एवं ट्राइग्लिसराइडको मात्रा कम गर्न मद्दत पुग्छ ।

८. चिसो तापक्रमले एलर्जी र सुजन कम गर्न मद्दत पुग्छ । अनुसन्धानअनुसार यसले तपाईंलाई अझ स्पष्टसँग सोच्न र दैनिक कार्यहरू राम्रोसँग गर्न मद्दत गर्दछ ।

९. नयाँ भाषा सिक्दा वा नयाँ बाजा बजाउँदा तपाईंको मस्तिष्कको क्षमतामा वृद्धि हुन्छ ।

१०. नियमित व्यायाम गर्नाले तपाईंको आयु बढ्नुका साथै डीएनएलाई स्वस्थ र जवान राख्न मद्दत पुग्छ ।

११. खाना खाने वा पानी पिउनेबित्तिकै दाँत माझ्ने गर्दा दाँतको इनामेल नरम बन्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्