जाडोमा सखर उपयोगी



सखर उखुबाट बनेको प्राकृतिक गुलियो उत्पादन हो, जसलाई चिनीको तुलनामा बढी स्वस्थकर विकल्पका रुपमा लिने गरिन्छ । तर के दैनिकरुपमा सखर खानु ठीक हो त ? पोषण विशेषज्ञहरुका अनुसार १ सय ग्राम सखरमा १० देखि १५ ग्राम पु्रmक्टोज (fructose) हुन्छ, जसलाई दैनिकरुपमा खाँदा ब्लड सुगर बढ्न सक्छ । त्यसकारण दैनिक पाँच ग्रामभन्दा बढी सखर कसैले पनि खानुहुँदैन । यति मात्र सखर खाँदा भने यसबाट धेरै फाइदा लिन सकिन्छ । सखरले शरीरमा गर्मीपन पैदा गर्छ र मेटाबोलिज्मलाई पनि ठीक अवस्थामा राखेर विभिन्न फाइदा पु¥याउँछ ।

पौष्टिकताको दृष्टिले सखरलाई महजस्तै गुलियो वस्तु (jiggery) को विकल्प मानिन्छ । सखर (गुड) चिनीभन्दा ज्यादै कम प्रशोधित वस्तु हो । यो शरीरमा बिस्तारै शोषित हुन्छ, जसले गर्दा यसले ब्लड सुगरलाई तुरुन्त बढाउँदैन । तर चिनी शरीरमा तुरुन्तै शोषित हुन्छ र ब्लड सुगर बढाइदिन्छ । सखरमा चिनीको तुलनामा क्यालोरी पनि अलि कम नै हुन्छ । सखरमा मानिसको शरीरलाई आवश्यक पर्ने क्याल्सियम, फस्फोरस, म्याग्नेसियम, पोटासियम, आइरनलगायत अति सूक्ष्म मात्रामा जिंक पनि पाइन्छ ।

कब्जियत हुँदा सखर खानुलाई लाभदायक मानिन्छ । कब्जियत, ग्यास वा एसिडिटीले दुःख दिएको छ भने सखर र सिधेनुन मिसाएर खाँदा लाभ पुग्छ । पोषण विज्ञ भन्छन्, ‘सखरलाई घिउसँग मिसाएर खानु कब्जियतबाट मुक्ति पाउने सबैभन्दा राम्रो तरिका हो । त्यसैले कब्जियत हुँदा एक चम्चा घिउमा थोरै मात्रामा सखर राखेर खानु फाइदाजनक छ ।’ सखर र सौंफ मिसाएर चपाउनाले मुख गन्हाउने समस्या पनि कमी हुन्छ । सखरले हाडहरु मजबुत गर्न पनि सहयोग गर्छ । शरीरमा तातोपन पैदा गर्ने भएकाले जाडो याममा सखर खानु बढी लाभदायक मानिन्छ । सखरमा तिल मिसाएर खानाले जाडो मौसममा रुघाबाट बचाउन सहयोग गर्छ । शायद यसै कारणले होला जाडो मौसममा तिल–सखरको लड्डु खाने चलन चलेको हो ।

सखरले शरीरको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने काम पनि गर्छ । यसका लागि सखरलाई बेसारसँग मिलाएर खानुपर्छ । यसमा भएको एन्टिभाइरल एवं एन्टिअक्सिडेन्ट गुणले जाडो महिनामा बिरामी हुनबाट बचाउन सहयोग गर्छ । सखरले पाचन शक्ति बढाउने काम पनि गर्ने भएकोले खानापछि एक टुक्रा सखर खानु फाइदाजनक हुन्छ । राति सुत्नुअघि तातो दूधसँग सखर खानाले पाचन प्रणालीमा सुधार गर्नुका साथै पेटका अन्य समस्याहरुमा पनि राहत दिन्छ ।

फाइदा धेरै छ भनेर सखर धेरै खानुचाहिँ हुँदैन । यसका साइड इफेक्टहरु पनि छन् । १ सय ग्राम सखरमा ३८५ ग्राम क्यालोरी हुन्छ, जसलाई ज्यादा खाँदा तौल बढ्न सक्छ । सखर ज्यादा खाँदा ब्लड सुगर बढ्ने र पेटमा संक्रमण बढाउने समस्या पनि हुनसक्छ । जाडो मौसममा सखर खानु धेरै फाइदाजनक भए पनि दैनिकरुपमा र धेरै मात्रामा सखर खानुहुँदैन । सखर चिनीभन्दा बढी लाभदायक भएकाले चिनीको सट्टा सखर प्रयोग गर्नुचाहिँ धेरै श्रेयष्कर हुन्छ ।

स्रोत : ओन्ली माइ हेल्थ
प्रतिक्रिया दिनुहोस्