जनअदालत



हाम्रो स्वास्थ्य प्रणाली फेलियर नै भएको हो त ?
गत कात्तिक अंकको साधनामा प्रस्तुत कोरोनाबारे डा. रवीन्द्र पाण्डेका विचार र धारणा निकै पठनीय लाग्यो । उहाँका धारणा र विचारले सरकारलाई घचघच्याउनेछ भन्ने लागेको थियो । तर पछिल्लो समय त झनै सबै क्षेत्र खुल्ला गरिदिएर कोरोना भाइरसलाई स्वागत गरेको हो कि भन्ने भान भएको छ । कोरोना भाइरस नियन्त्रणका नाममा अर्बौं खर्च गरिए पनि उपलब्धि शून्य छ । के साँच्चै हाम्रो स्वास्थ्य प्रणाली फेलियर नै भएको हो त ?

– शैलेन्द्र खड्का, सङ्गम चोक, चितवन ।

नर्स अफ द मन्थ स्तम्भबारे चासो
यस साधना हेल्थ म्यागेजिनको म नियमित पाठक हुँ । कलेज पढ्दादेखि नै मैले यो पत्रिकालाई आफ्नो साथी बनाउँदै आएकी छु । म आफू पनि नर्स भएकाले साधनामा दिइएको नर्स अफ द मन्थ स्तम्भ सकेसम्म नछुटाई पढ्ने गरेकी छु । कतिपय नर्सले उपयुक्त पारिश्रमिक नपाएको र काममा जोतिनुपरेको भन्ने यदाकदा सुनिने गरेको छ । के त्यस्ता नर्सहरुलाई नर्स अफ द मन्थमा समेट्न सकिँदैन ?

– विजया, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्