रोचक जानकारी



१. मानिसको शरीरमा लगभग कोशिकाको संख्याजत्तिकै मात्रामा ब्याक्टेरिया हुन्छन्, जसले पाचन प्रक्रियामा मद्दत गुर्नका साथै मानिसको शरीरलाई खराब ब्याक्टेरियाहरूबाट पनि बचाउँछन् ।

२. मानिसको शरीरमा सबैभन्दा कठिन काम गर्ने मांसपेशी मुटु हो, जसले दैनिक ९ हजार लिटरसम्म रगत पम्प गर्ने गर्छ ।

३. संगीतले हाम्रो मुटु स्वस्थ राख्न सहयोग गर्छ, मुडलाई राम्रो पार्छ, तनाव कम गर्छ, डिप्रेसनका लक्षणहरू कम गर्नुका साथै दुखाइ कम गर्नसमेत मद्दत पुर्‍याउँछ ।

४. उमेर बढ्दै जाँदा नङकोे वृद्धि कम हँदै जान्छ ।

५. आलुमा करिब ८० प्रतिशत पानी र २० प्रतिशत ठोस पदार्थ हुन्छ । २ सय ग्राम उमालेको वा पोलेको आलुमा करिब १ सय क्यालोरी रहेको हुन्छ ।

६. मानिसको शरीरबाट हरेक वर्ष लगभग ४ किलोग्राम छालाका कोषहरू हटेर जान्छन् ।

७. कपाल प्रतिवर्ष करिब ६ इन्च जति बढ्ने गर्छ । मानिसको शरीरमा सबैभन्दा छिटो बढ्ने अंगचाहिँ बोनम्यारो (bone marrow) हो ।

८. करिब १ सयभन्दा बढी प्रकारका भाइरसहरुको कारणले गर्दा रुघाखोकी लाग्ने गर्छ ।

९. मानव मुटुको रगत पम्प गर्ने क्षमता यति धेरै हुन्छ कि यसले रगत पम्प गर्दा भवनको लगभग चौथो तलासम्म रगत पुर्‍याउन सक्छ ।

१०. मानव जाति एकमात्र यस्तो प्राणी हो, जो आफ्नो ढाडतिरबाट पनि सुत्न सक्छ ।

११. मानिसको खोपडी विभिन्न २९ वटा हड्डीले बनेको छ ।

प्रतिक्रिया दिनुहोस्