जनअदालत



दिल खोलेर हाँसौं, आँसु खसालेर रोऔं

हाँस्नु र रुनु दुवैले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ भन्ने कुरा सुनेकी थिएँ । पुस महिनाको साधनामा प्रकाशित डा. अरुणा उप्रेतीको यससम्बन्धी लेखले म झनै विश्वस्त भएँ । हाँसो उठेपछि रोक्न गाह्रो हुन्छ, रुन आएपछि पनि रोक्न गाह्रो हुन्छ । रोक्न खोजे पनि भित्रभित्रै हाँसिरहेको वा रोइरहेको हुन्छ । स्वास्थ्यका लागि प्रकृतिको अनुपम देन हाँसो वा रुवाइलाई रोक्न नखोजौं । दिल खोलेर मज्जाले हाँसौं, आँसु खसालेर रोदन प्रकट गरौं ।

– सुरभि पौडेल, गैंडाकोट, नवलपरासी ।

 

साधना नपाउँदा टेलिसिरियल छुटेजस्तै भयो

हामी साधनाको नियमित पाठक भए पनि केही महिनायता साधना पाउन सकेका छैनौं । साधना पत्रिका अगाडि राखेर पढेजस्तो अनलाइनमा पढेको त्यति मज्जा लाग्दैन । साथै सधैँ इन्टरनेटको पहुँचमा रहन पनि सकिँदैन । त्यसैले साधनाका नियमित स्तम्भकार डा. प्रकाशराज रेग्मी, डा. रामदेव पण्डित, डा. राजेन्द्र भद्रा, डा. सुमनराज ताम्राकारलगायत सबै लेखकका लेख–रचना पढ्न छुटेकोमा टेलिभिजनबाट प्रसारण हुने टेलिसिरियल हेर्न छुटेजस्तै भएको छ ।

– थापा दम्पती, काठमाडौं ।

 

पौष्टिक हेल्थ खुराक

म साधना हेल्थ मासिकको नियमित पाठक हुँ । त्यसैले यसका प्रायः सबै अंकहरु संकलन गर्ने गरेको छु । गत पुसको साधना समयमै हात लाग्यो । सरसर्ती पढ्दा सबै लेखहरु उपयोेगी एवं अध्ययनयोग्य लाग्यो । यसका लागि सबै लेखकहरुलाई धन्यवाद ∕ हामी पाठकलाई स्वस्थ रहन मद्दत पु¥याउने ‘पौष्टिक हेल्थ खुराक’को रुपमा लिएको छु मैले यस पत्रिकालाई । यसमा मेरो के सुझाव छ भने, प्रत्येक अंकमा एक प्रसिद्ध स्वास्थ्यकर्मीको पेसासँग सम्बन्धित यात्राबारे अन्तर्वार्ता प्रकाशित गरियोस् । यसले गर्दा पाठकलाई ती स्वास्थ्यकर्मीका बारेमा जानकारी हुनुका साथै उनीप्रति उचित सम्मान पनि हुनेछ । साथै बढीभन्दा बढी स्वास्थ्यसम्बन्धी लेखहरु प्रकाशित गरी यस साधनालाई अझ रोचक बनाइयोस् ।

– अच्युतमान सिंह प्रधान ‘उत्सुक’, बालुवाटार, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्