
मानसिक समस्याको स्तम्भ राखियोस्
मेरो आफन्तमा मानसिक समस्या भएको बिरामी हुनुहुन्छ । केही वर्षअघि यस रोगको बारेमा साधनामा पढेर उहाँहरुलाई उपचार गराउन सजिलो भएको थियो । विगत केही अंकदेखि मानसिक समस्याका बारेमा साधनामा आउन छोड्यो । यो स्तम्भलाई पुनः नियमित गरियोस् ।
– पवन सुवेदी (पसु), धुलीखेल, काभ्रे ।
ग्राहक कसरी बन्ने ?
मैले साधना पढ्ने गरेको धेरै वर्ष भयो । बीचमा दुबई गएको समयमा समेत नेपालबाट झिकाएर पढ्ने गरेको थिएँ । पछि नेपाल आएपछि पनि पसलबाट किनेर पढें । तर अहिले साधना पाउन सकेको छैन । त्यसैले यसको नियमित ग्राहक बन्न चाहन्छु । त्यसका लागि मैले के गर्नुपर्ला ?
– कीर्ति जोशी, गोल्फुटार, काठमाडौं ।