तेल मालिसको फाइदा



बच्चालाई स्वस्थकर तेलले मालिस गर्दा धेरै फाइदा हुुन्छ । तेल लगाएर मालिस गर्दा बालबालिकाको मांसपेशी र हड्डीहरु बलियो हुनुका साथै रक्तसञ्चार पनि राम्रोसँग हुन्छ । यसले उसको शारीरिक, मानसिक विकासमा पनि मद्दत पुग्छ । तोरीको र तिलको तेल दुवैले मालिस गर्दा हुन्छ । बच्चाको हड्डी र मांसपेशीको लागि तोरीको तेल धेरै राम्रो हुन्छ । यो तेलमा लसुुन र मेथी फुराएर लगाउने नेपाली चलन छ । लसुुनले रोग–प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्ने बूढापाकाहरुको भनाइ छ । केही स्वास्थ्यकर्मीहरु तोरीको तेलले मालिस गर्दा ‘एलर्जी’ हुन्छ भन्ने पनि गर्छन् । वास्तवमा अलिकति तेल छालामा लगाएर ‘एलर्जी’ हुनेहरु धेरै हुँदैनन् । विदेशीहरुलाई तोरीको तेलले ‘एलर्जी’ हुन सक्छ । तर यो तेलले बच्चाको अनुहार, छाला नरम बनाउँछ ।

त्यसै गरी बदामको तेलले पनि मसाज गर्दा हुन्छ तर यो महँगो हुन्छ । यसले छाला र कपाल नरम बनाउँछ । जाडोको समयमा यो तेलले मालिस गर्दा जीउ तातो हुन्छ । बदाममा भिटामिन ‘ई’ र अरु खनिज पदार्थ पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्