जनअदालत



भान्सामै छन् औषधि

हामीले खानपानमा मात्रै विचार पुर्‍यायौं भने पनि धेरै हदसम्म रोग लाग्दैन । अन्न मात्रै नभएर तरकारीमा प्रयोग गर्ने गरेको बेसार, अदुवा, मेथी, ज्वानो, लसुन, जीरा आदि मसलाले अप्रत्यक्षरुपमा औषधिको काम गरिरहेको हुन्छ । यही कोराना संक्रमणका समयमा पनि घरायसी मसलाको झोल खाएका भरमा कोरोनालाई जितेका समाचार आएकै हुन् । यस्ता औषधीय गुण भएका मसलाबारे डा. अरुणा उप्रेतीले बेला–बेलामा कलम चलाइरहनुहुन्छ । यस विषयमा वनस्पतिविज्ञहरुले पनि विस्तृतरुमा खोज–अनुसन्धान गर्नु अपरिहार्य छ ।

यस्ता मसलाहरुमा के तत्व कति मात्रामा पाइन्छ ? हामीले कति खानुपर्छ ? यसले स्वास्थ्यमा के–के फाइदा पुर्‍याउँछ ? बढी खायो भने के हुन्छ ? नून कति खाने ? नखाँदा पनि हुन्छ कि ?

खुर्सानीकै कुरा गर्ने हो भने अकबरे खुर्सानीको सेवनले ग्यास्टिक हुँदैन र आँखा तेजिलो हुन्छ भन्ने सुनेको छु । के साँच्चै हो ? यस्ता यावत् कुरालाई समेटेर यसका विज्ञहरुले सके पुस्तक नै लेख्नुपर्‍यो, नभए साधनाजस्तो स्वास्थ्य पत्रिकामार्फत जानकारी गराइदिनुप¥यो । भान्सामै छन् औषधि, तर हामी भने किन अलमल ?

– चारिका श्रेष्ठ, चोभार, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्