रोचक जानकारी



१) शरीरमा सबैभन्दा बाक्लो छाला (१.४ मिलिमिटर) खुट्टामा हुन्छ भने सबैभन्दा पातलो छाला (०.२ मिलिमिटर) आँखाको पलक (eyelid) मा हुन्छ ।

२) एक वर्गइन्च छालामा करिब १ करोड ९० लाख कोषहरू हुन्छन् भने २ सयवटा पसिना ग्रन्थि हुन्छन् ।

३) आधुनिक खानपानमा चिनी भएका पेयहरू सबैभन्दा बढी मोटोपन गराउने उत्पादनहरु हुन् ।

४) अण्डा सबैभन्दा स्वस्थ खानाहरूमध्ये एक हो । नयाँ खोजअनुसार अण्डाले हृदयमा कुनै पनि रोग नलाग्ने पाइएको छ ।

५) ताजा फलफूलको जुसमा एन्टिअक्सिडेन्टहरू प्रशस्त पाइने भए तापनि यसमा गुलियोपना अर्थात् चिनीको मात्रा पनि धेरै नै हुन्छ ।

६) केही वनस्पति तेलहरू जस्तै– सूर्यमुखी फूल, भटमास र मकैको तेलमा ओमेगा–६ फ्याट्टी एसिडको मात्रा धेरै हुने गर्छ । यसले हृदयरोग निम्त्याउने सम्भावना हुन्छ ।

७) कफीमा भएको क्याफिनले मेटाबोलिजम पक्रियालाई ३ देखि ११ प्रतिशतले बढाउँछ र यसले शरीरको बोसो १० देखि २९ प्रतिशतले घटाउन
मद्दत पुर्‍याउँछ ।

८) मोटोपनको एउटा प्रमुख कारण राम्रोसँग निद्रा नपर्नु पनि हो । यसको कारण बच्चाहरुमा मोटोपन हुने जोखिम ८९ प्रतिशत हुन्छ भने वयष्कमा ५५ प्रतिशत जति हुन्छ ।

९) फर्सीको बियाँको तेलले उच्च रक्तचाप कम गर्न मद्दत गर्छ ।

१०) दम रोगीहरुलाई एलर्जी भएमा यसले रोगलाई अझ बढाउँछ । साथै एलर्जीले स्वस्थ मानिसलाई पनि दम रोग निम्त्याउन सक्छ ।

११) बूढो हुँदै जाँदा मानव मस्तिष्क खुम्चिदै जान्छ । यो प्रक्रिया सामान्यतया मध्यउमेरपछि शुरु हुने गर्छ ।

१२) दिमागमा रासायनिक प्रतिक्रियाका कारण टाउको दुख्ने गर्छ, जसमा मांसपेशी, घाँटी र टाउकोका स्नायुहरुले मुख्य भूमिका खेलेका हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्