अटिजम भएका बालबालिकाको पुनस्र्थापना



– डा. क्षितिज बराकोटी (प्राकृतिक चिकित्सक)

केही समयदेखि म अटिजम भएका बालबालिकाको शिक्षा, उपचार र पुनस्र्थापनासँग सम्बन्धित संस्था (विशेष स्कुल तथा पुनस्र्थापना केन्द्र) सँग सम्बद्ध हुँदै आएको छु । साथै अप्रिल महिनालाई विश्व अटिजम जनचेतना महिनाका रुपमा लिइएको हुँदा यस अवसरमा मैले यही विषयमा केही लेख्न कर्तव्य ठानें । किनभने हाम्रो देशमा पनि अटिजम भएका बालबालिकाहरुको संख्या निकै नै छ । त्यस्ता बालबालिकालाई सिक्री, डोरीले बाँधेर वा खोरमा थुनेर राख्ने गरेको पाइन्छ । अटिजम भएका बच्चाहरुलाई समेत उचित जीवनशैलीका साथ विशेष शिक्षा, रेखदेख, उपचार र पुनस्र्थापनाबाट सामान्य अवस्थामा ल्याउन सकिन्छ भने कैयौंको जीवनलाई सहज बनाउन पनि सकिन्छ । 

अटिज्म कस्तो समस्या हो ? 

अटिजम (Autism/Autism Spectrum Disorders) स्नायुको विकाससँग सम्बन्धित एउटा गडबडी हो । यो समस्या भएका बालबालिकाको व्यवहार उमेर बढेसँगै परिवर्तन तथा विकास हुँदैन । उनीहरु सामान्य बच्चाहरुको जस्तो व्यवहार गर्न सक्तैनन् । सामाजिक व्यवहार तथा सीप सिक्न पनि नसक्ने हुन्छन् । साथै उनीहरुमा बोल्ने, खेल्ने, दोहोरो कुराकानी गर्ने जस्ता आनिबानी पनि सामान्य बालबालिकाभन्दा फरक तथा कमजोर हुन्छ । 

बालबालिकामा यो समस्या बाल्यावस्थामा नै शुरु हुन्छ भने जीवनभर रहन पनि सक्दछ । यो समस्या कुनै पनि लिंग, समुदाय, स्थान, वर्ग, जातजातिमा हुन सक्छ । सी.डी.सी.का अनुसार अमेरिकामा प्रत्येक ५४ जनामध्ये १ जनामा यो समस्या भएको अनुमान छ । त्यस्तै गरी विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा २७० जनामध्ये १ जनामा यो समस्या भएको आँकलन गरिएको छ । नेपालमा यसबारे विस्तृत अनुसन्धान त भएको छैन तर यससम्बन्धी समस्या भएका बालबालिका प्रशस्तै भेटिने गरेका छन् ।

अटिजम भएका बच्चाहरुलाई समेत उचित जीवनशैलीका साथ विशेष शिक्षा, रेखदेख, उपचार र पुनस्र्थापनाबाट सामान्य अवस्थामा ल्याउन सकिन्छ भने कैयौंको जीवनलाई सहज बनाउन पनि सकिन्छ ।

अटिजमका लक्षणहरु  

अटिजम भएका बालबालिकामा विभिन्न प्रकारका लक्षण वा समस्या देखा पर्न सक्छन् । यस्ता बालबालिकाले आफ्ना साथी, परिवार वा अन्य जो–कोहीलाई पनि पिट्ने, हान्ने, टोक्ने, चिथोर्ने, कपाल लुछ्ने, धकेल्ने आदि गर्न सक्छन् । एकोहोरो हुने, एक्लै बोलिरहने, एकै ठाउँमा बसिरहने, एक्लै खेल्ने, एउटै खेलौनासँग घन्टौंसम्म खेल्ने, ताली पिट्ने, हात झट्कार्ने, मोड्ने, सामान बिगार्ने, जीउको कुनै भाग चलाउने–हल्लाउने, भित्तामा हान्ने वा टाउको ठोक्काउने जस्ता क्रियाकलापहरु पनि गर्न सक्छन् । 

कतिपय यस्ता बच्चाहरु विनाकारण रुने वा हाँस्ने वा झिँजो–झर्को मान्ने, मानिसहरु बसेको ठाउँमा आएर घुम्ने–चल्ने, चकचक गरिरहने, जता मन लाग्यो त्यतै हिँड्ने–दौडने, उही शब्द वा वाक्यांशहरु दोहो¥याउने गर्दछन् । सिक्न तथा पढ्नमा कठिनाइ हुने, एकाग्रता नहुने, अरुले बोलेकोमा प्रतिक्रिया दिन नसक्ने, खेल्दा कुनै घाउचोट लाग्दा पनि त्यसप्रति कुनै प्रतिक्रिया नजनाउने वा थाहा नहुने, अरुले उसमा ध्यान नदिएमा वा अरुलाई मात्र ध्यान दिएमा उद्दण्ड वा आक्रामक हुने, आँखा जुधाएर हेर्न वा कुराकानी गर्न नसक्ने हुन्छन् । 

यस्तै गरी कहिले कसैसँग सामान्य हुने तर अर्को दिन उसैप्रति नराम्रो गतिविधि गर्ने पनि हुन्छन् । बोलीमा ढिलाइ तथा अस्पष्टता, संवेदनशीलतामा कमी, संकेत तथा हाउभाउलाई बुभ्mन नसक्ने, भावनात्मक तथा सामाजिक समायोजन नहुने, सामाजिकीकरणमा समस्या हुने लक्षणहरु पनि आउँछन् । 

यस्ता बालबालिकामा रंग, स्वाद, आवाज, लक्षण आदि कुराको बारेमा स्पष्ट भन्न नसक्ने वा ज्ञान नहुने हुन्छ । यस्तै अरुको कुरा सुन्न, मनन गर्न, चिन्तन गर्न र प्रतिक्रिया वा जवाफ दिन नसक्ने हुन्छन् । उनीहरु संयमित नहुने, दोहोरो कुराकानी र अभिव्यक्त गर्न नसक्ने वा सञ्चार गर्न अक्षम हुने हुन्छन् । मिल्दो उमेरका साथीसँग खेल्न मन नपराउने, प्रायः उस्तै क्रियाकलाप गर्न खोज्ने, सिकाएको बिर्सिने हुन्छन् । खेल्ने, बुझ्ने क्षमता कमजोर हुनेजस्ता समस्यासमेत हुन सक्छन् । यस्ता बच्चाले अरुलाई मात्र हैन आफैंलाई पनि हानि–नोक्सानी पु¥याउने सम्भावना धेरै हुन्छ । 

 

अटिज्मको पहिचान 

बालबालिकाको विकासक्रमको एक निश्चित प्रक्रिया र समय हुन्छ । शारीरिक, मानसिक, भाषागत, व्यावहारिक, सामाजिक, बौद्धिक आदिमा बच्चाको निरन्तर विकास भइरहेको हुन्छ र त्यो हामी अनुभव गर्न सक्छौं । तर हाम्रो समाजमा अझै पनि कतिपय कुरा परम्परागत मान्यता, विश्वास, सोच र अरुको भनाइमा आधारित भएर टिकेको देखिन्छ । 

बच्चाको विकासक्रममा भएका ढिलाइलाई पनि कतिपय व्यक्तिले देवीदेउताको दोषको रुपमा हेर्ने प्रचलन अझै छ । यसले गर्दा उपचारमा लाग्ने समय यस्तै अन्धविश्वाससँग सम्बन्धित गतिविधि गर्दैमा बितेर जान्छ । अटिजमलाई पनि समयमै चिन्न वा पत्ता लगाउन सकेमा नियन्त्रणका लागि कदम चाल्न सजिलो हुन्छ । यसका लागि नवजात शिशुको विकासक्रममा खासगरी दुई–तीन वर्षदेखि नै हुने असामान्य अवस्थाहरुमा ध्यान दिनुपर्छ । अनुभवी व्यक्ति तथा चिकित्सकको सहयोगले १८ महिनादेखि तीन वर्षभित्रै पहिचान गर्न सहयोग मिल्छ । सामान्यतया यस रोगलाई चार–पाँच वर्षमा निदान तथा पहिचान गर्न सकिन्छ । कसै–कसैमा भने किशोरावस्था नपुगुन्जेल पनि अटिजम ठम्याउन गाह्रो हुन्छ । 

सामान्यतया यस रोगलाई चार–पाँच वर्षमा निदान तथा पहिचान गर्न सकिन्छ । कसै–कसैमा भने किशोरावस्था नपुगुन्जेल पनि अटिजम ठम्याउन गाह्रो हुन्छ ।

ध्यान दिनुपर्ने कुराहरु 

बच्चा जन्मेको एक–डेढ वर्षसम्ममा पनि हिँड्न र फाट्टफुट्ट दुई–चार शब्द बोल्न पनि नसकेमा, कुनै व्यक्ति वा सामानलाई औंलाले देखाउन नसकेमा, नाम बोलाउँदा त्यसमा कुनै प्रतिक्रिया नदेखाएमा, कुनै क्रियाकलापमा उचितरुपले व्यवहार देखाउन नसकेमा ध्यान दिइहाल्नुपर्दछ । २ वर्ष पुग्दासम्म पनि बच्चाले सानो वाक्यमा कुरा फर्काउन वा अभिव्यक्त गर्न नसकेमा र बारम्बार सिकाएको कुरा नबुझेमा वा नगरेमा पनि शंका गर्नुपर्छ । तीन–चार वर्षमा आँखा जुधाएर नबोल्ने, साथीभाइसँग नखेल्ने, बोलेको नबुझिनेलगायत नित्य क्रियाकलापहरुमा अलमल पर्ने देखिएमा त्यो अटिजमको समस्या हुन सक्छ । 

पहिलो काम शंका गर्नु र तत्पश्चात् निगरानी गर्नुपर्छ । यी लगायत माथि लक्षणअन्तर्गत दिइएका समस्याहरु बच्चामा भएमा त्यसका लागि विज्ञको सल्लाह लिनुपर्छ । जति कम उमेरमा अटिजमको निदान गर्न सकियो त्यति नै छिटो पुनस्र्थापना गर्न सकिन्छ । 

अटिजमको उपचार र पुनस्र्थापना 

अटिजम भएका बच्चाहरुलाई यसले के गर्छ र भनेर त्यसै छाड्नुहुँदैन । उसलाई जतिसक्दो छिटो वा सानै उमेरमा उपचार गर्नुपर्छ । सामान्यभन्दा विशेष प्रकारको शिक्षा, दिनुका साथै समायोजन तथा सामाजिकीकरणका तालिम दिँदै पुनस्र्थापनाका कार्यक्रमहरु चलाउनुपर्छ । यसका लागि यस क्षेत्रमा काम गरेका विज्ञ, संस्था, चिकित्सक तथा स्वयंसेवीहरुको सहयोग लिनुपर्छ । जनचेतना फैलाउने, अटिजम पीडितको खोजी गर्ने, अटिजम उपचारयुक्त विशेष केन्द्रहरुमा भर्ती गराउने, अभिभावक तथा शिक्षकहरुलाई अटिजमको तालिम दिने कार्यमा ढिलाइ गर्नुहुँदैन । 

जब उपचार र आरम्भिक शिक्षा तथा तालिमहरु पूरा गर्दै जान्छन्, यस्ता वच्चाहरुको क्षमतामा राम्रो सुधार भएपछि सामान्य विद्यालयमा स्थानान्तरण गरी पढाउने, सीपमूलक तालिमहरु दिने र समाजमा गुणात्मक जीवनयापन गर्न सक्षम बनाउने व्यवस्थाहरु सम्भव भएसम्म गर्न सकिन्छ । कतिपय अटिजम बालबालिका पनि केही वर्षको यस्तो कार्यक्रमबाट आप्mनो क्षमतालाई अत्यन्त माथि उठाउन सक्षम भएको पाइन्छ, जो सामान्य वा सो भन्दा पनि माथि पुगेर पढ्ने वा काम गर्ने गरेको देखिन्छ । 

अटिजमको उपचार तथा व्यवस्थापनका लागि विभिन्न मिश्रित विधिहरुको प्रयोग गर्न सकिन्छ, यहाँ त्यस्तै केही विधिहरुबारे उल्लेख गरिन्छ:

फिजियोथेरापी: फिजियोथेरापीमा प्रयोग गरिने विभिन्न विधिहरु जस्तै– व्यायाम, म्यानुपुलेसन, उपकरणको प्रयोग आदिले अटिजम बच्चामा भएको समस्याको समाधान गर्ने प्रयास गरिन्छ । 

स्पिच थेरापी: बच्चाहरुमा बोल्न सिकाउने, कुराकानी गर्न सिकाउने, आत्मविश्वास जगाउने, अरुसँग समायोजन गर्न सक्षम बनाउने आदिका लागि विशेष अभ्यास गराउने विधिबाट अटिजम बालबालिकामा अनेक विधिहरु सिकाउने गरिन्छ । 

अकुपेसनल थेरापी: दिनभरका गतिविधिहरु जस्तै– खानेकुरा पकाउन लगाउने, विभिन्न प्रकृतिका लुगा लगाउन दिने, कार्यक्रम सञ्चालन गर्न सिकाउने, खेल्न सिकाउने आदि अनेक कार्यमा संलग्न गराइन्छ । यसरी नै संवेदी एकीकरण चिकित्साका रुपमा प्रकाश एवं दृश्य, ध्वनि, स्पर्श, गन्धलगायत अन्य कुराहरुलाई प्रयोग गरी उपचार गरिन्छ । खेल चिकित्साका रुपमा विभिन्न खेलहरु खेलाएर र हेराएर उपचार गरिन्छ ।

संगीत चिकित्सा: संगीतका विभिन्न विधाहरु जस्तै– नृत्य, गायन, वाद्यवादन आदिलाई प्रयोग गरी बच्चाहरुको व्यवहारमा परिवर्तन ल्याउने, उनीहरुमा स्वस्थ मनोरञ्जन दिने, शारीरिक अभ्यासमा लगाउने र प्रस्तुतीकरण गराएर सामाजिकीकरणमा लैजाने जस्ता अभ्यासहरु गराइन्छ । 

कला चिकित्सा: चित्रकला, स्थापत्य कला, रंगहरुको प्रयोग, मूर्तिकलाका रुपमा विभिन्न आकारमा माटो वा अन्य वस्तु बनाउन र उनीहरुमा सृजनशीलता विकास गराउन सकिन्छ । यसरी नै अभिनय आदिको माध्यमले पनि उनीहरुमा शिक्षा दिएर व्यवहारमा परिवर्तन, प्रतिभाको विकास र उपचार गर्न सकिन्छ । 

व्यवहार चिकित्सा: अटिजम बच्चामा भएका असमायोजित व्यवहारलाई समायोजन गर्न र सिकाइ तथा अभिप्रेरणाको लागि व्यवहार चिकित्साको प्रयोग गरिन्छ, जसले बच्चामा पुनर्बल प्राप्त भई सिक्न जागरुक हुन्छ । सामाजिक व्यवहार, कुराकानी र सञ्चार, दोहो¥याउने व्यवहारमा परिवर्तन आदि गर्नका लागि अप्लाइड बिहेवियर एनालाइसिस (एबीए) को प्रयोग गरिन्छ । 

योग चिकित्सा: योगका शीथिलीकरण, सूक्ष्म व्यायाम, आसन, प्राणायाम, धारणा, ध्यान, मुद्रा, मन्त्र, शोधन विधि आदिको प्रयोग गराई बच्चाहरुको शारीरिक तथा मानसिक स्वास्थ्य तथा व्यवहारमा सकारात्मकता ल्याउने प्रयास गरिन्छ । 

प्राकृतिक चिकित्सा: मडथेरापी, हाइड्रोथेरापी, मसाजथेरापी, सनथेरापी, क्रोमोथेरापी, आहार तथा पोषण चिकित्सा, जडीबुटी, कल्प आदि पञ्चमहाभूत चिकित्साका विधिहरु तथा चुम्बकीय चिकित्सा, व्यायाम, जीवनशैली चिकित्सा, प्राकृतिक दृश्यावलोकन आदिलाई समावेश गरी बालबालिकाको अटिजमका समस्याहरुमा प्राकृतिक चिकित्सा प्रयोग गर्न सकिन्छ । यसबाट उनीहरुको शारीरिक तथा मानसिक क्षमताहरुको विकास, आरामीकरण, निर्विषीकरण तथा रोग–प्रतिरोधक क्षमताको समेत विकास हुन्छ ।

तीन–चार वर्षमा आँखा जुधाएर नबोल्ने, साथीभाइसँग नखेल्ने, बोलेको नबुझिनेलगायत नित्य क्रियाकलापहरुमा अलमल पर्ने देखिएमा त्यो अटिजमको समस्या हुन सक्छ ।

सरोकारवालाको विशेष भूमिका 

अटिजमका बच्चाको हेरचाह गर्न निकै समस्या पर्दछ । यो कुरा परिवारका सदस्यहरु बताउँछन् । अझ कामकाजी परिवारमा त निकै समस्या पर्दछ । त्यसैले हेर्ने मान्छे नहुँदा वा घरमा अरु मान्छे भएकै अवस्थामा पनि बच्चालाई सम्हाल्नको लागि बाँधेर वा खोरमा थुनेर राख्नुपरेको आप्mनो बाध्यता लाचारीका साथ अभिव्यक्त गर्दछन् । यस्तो अवस्थामा परिवारका सदस्य, अटिजममा काम गर्ने संस्था, समाजका अगुवा, तीनै तहका सरकारहरुलगायत सबै सचेत नागरिकको महत्वपूर्ण भूमिका रहन्छ । सरकार, अभिभावक स्वयं र अटिजमका क्षेत्रमा कार्यरत संस्था तथा व्यक्तिहरु मिलेर काम गर्न सके नेपालका अनुमानित तीन लाख अटिजम समस्या भएका बालबालिकालाई सहज जीवनयापन गर्न/गराउन मद्दत पुग्ने कुरा विशेष स्कुल तथा पुनस्र्थापना केन्द्रका अध्यक्ष सविता उप्रेतीको भनाइ रहेको छ । 

अटिजममा यी लगायत अन्य उपचारहरुको उद्देश्य उनीहरुमा व्यवहारको तौरतरिका र सामाजिक सीपको विकास, विशेष सिकाइको शैलीको अभ्यास आदिबाट उनीहरुमा समग्र रुपान्तरण ल्याउने प्रयास हो । यसबाट कसैलाई पूर्णरुपले लाभ हुन्छ भने कसैलाई आंशिक मात्र लाभ हुन सक्छ । कसैलाई यस्तो उपचार र पुनस्र्थापनाका कार्यक्रमहरु आजीवन नै प्रयोग गरिनुपर्छ । यसका लागि सरकारले अटिजमको लागि विशेष कोषको व्यवस्था गरी अटिजमको क्षेत्रमा काम गरेका संस्थाहरुलाई सहयोग र प्रोत्साहित गर्नुपर्छ । अटिजमका बिरामीहरुले पाउने भत्तामा बढोत्तरी गर्नुपर्छ । हरेक प्रदेशमा अटिजमको लागि विशेष शिक्षा, उपचार र पुनस्र्थापना केन्दहरु खोल्न पहल गर्नुपर्छ । 

प्रतिक्रिया दिनुहोस्