पति–पत्नी अलग बस्दा यौन जीवन



– डा. राजेन्द्र भद्रा

म अहिले २२ वर्षकी भएँ । विवाह भएको १ वर्ष भयो । मेरो श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा युएईको आबुधाबीमा हुनुहुन्छ । यो उमेरमा यौन इच्छा निकै नै हुने गर्दछ । श्रीमान् साथै नभएपछि उहाँसँग यौनसम्पर्क राख्न सकिने कुरा भएन । त्यसैले यस्तो बेलामा के गर्न सकिएला ? कृपया सल्लाह दिनुभए आभारी हुने थिएँ । 

– रमा देवी

यौन जीवन हाम्रो जीवनको एक अभिन्न भाग हो । हामीमा भएको यौनचाहनालाई स्वाभाविक रुपमा नै पूरा गर्ने प्रयास गरिन्छ, यो अधिकारको कुरा पनि हो । प्रत्येक समाजले यसलाई महत्व दिएको हुन्छ र यसलाई पूरा गर्न सक्ने वाटो खुला गरिदिएको हुन्छ । विवाह गर्ने र श्रीमान्–श्रीमती साथै बस्ने परम्परा समाजमा महत्वका साथ स्थापित हुनुको मुख्य कारण यही नै हुनुपर्छ । 

 

छुट्टिएर बस्नुको पीडा 

अहिले हाम्रो अर्थतन्त्रको एक ठूलो हिस्सा वैदेशिक रोजगारमा भएका नेपालीहरूले पठाएको पैसामा निर्भर छ । वैदेशिक रोजगारको क्रममा घर–परिवार र विशेष गरेर श्रीमतीबाट टाढा बस्दा अन्य कठिनाइका साथै यौनसम्बन्धी अनेक असजिलोलाई पनि सहेर बस्नुपर्ने बाध्यता छ । अन्य कतिपय असजिलोलाई सजिलै भन्न सकिने भए पनि यौनसम्बन्धी असजिलोपनको चर्चा गर्न सजिलो भने छैन । यो दमित इच्छासँगै वाँच्नुपर्ने विवशतामा छ । यसरी वैदेशिक रोजगारीमा जानेहरू र उहाँहरूका यौनजोडीले यौन–सुखलाई त्यागेको कुराको कदर भएको पनि देखिँदैन । पीडा हुनु एक कुरा हो, भएको पीडा नै भन्न नसक्ने स्थितिमा पीडाको कल्पना गर्न पनि  गाह्रो नै हुन्छ । 

तर प्रायजसो छुट्टिएर बस्दा यौनचाहना शान्त पार्न हामी स्वाभाविक रुपमा नै वैकल्पिक उपायहरू खोज्न थाल्छौं । कतिपय अध्ययनले नियमित यौनसम्पर्क गर्ने व्यक्ति आफ्नो नियमित साथीसँग छुट्टिएर लामो समयसम्म बस्नुपर्दा यौनचाहना पूरा गर्न वैकल्पिक उपायको रुपमा अर्को व्यक्तिसँग यौनसम्पर्क राख्ने गरेको देखाएको छ । धेरै किसिमले यो जोखिमपूर्ण हुन सक्छ । 

हाम्रो सामाजिक मूल्य–मान्यताअनुसार यो एकदमै वर्जित कुरा भएकोले यसलाई विकल्पको रुपमा लिन सकिने स्थिति छैन । 

नियमितरुपमा यौनसम्र्पक राख्न नपाएको स्थितिमा आफ्नो यौनचाहना पूरा गर्न हस्तमैथुनको सहारा लिने गर्छन् । यो एकदमै सामान्य तथा स्वाभाविक कुरा हो ।

हस्तमैथुन 

तपाईंको यस्तो परिस्थितिमा एक सजिलो बाटो भनेको हस्तमैथुन हो । धेरैजसोले हस्तमैथुन किशोरावस्थामा अविवाहितहरुले मात्रै गरिने हो भन्ने ठान्छन् अनि महिलाले यसो गर्दैनन् भन्ने सोच्छन्, तर यो वास्तविकता होइन । अविवाहित होस् वा विवाहित अनि वयष्क, प्रौढ वा महिला सबैले यसको प्रयोग गरेर यौन आनन्द लिन सक्छन् । संसारमा धेरै व्यक्तिले यसबाट आनन्द प्राप्त गरिरहेका पनि छन् । 

विवाहपछि नियमित यौनसम्पर्क गर्ने हुँदा हस्तमैथुनको उपायबाट यौनेच्छा शान्त पार्ने आवश्यकता कम हुन सक्छ तर विवाह हुँदैमा यो गर्नै नसकिने वा नहुने होइन । विवाहित व्यक्तिले विभिन्न परिस्थिति र विशेष गरी नियमितरुपमा यौनसम्र्पक राख्न 

नपाएको स्थितिमा आफ्नो यौनचाहना पूरा गर्न हस्तमैथुनको सहारा लिने गर्छन् । यो एकदमै सामान्य तथा स्वाभाविक कुरा हो । 

हस्तमैथुन गर्दा अन्य अनावश्यकरुपमा खर्च हुने पैसा र समय त बचाउँछ नै, गोपनीयता पनि भङ्ग हुन दिँदैन । अन्य कुनै व्यक्तिसँग सम्पर्क नहुने भएको हुनाले एच.आई.भी. वा अन्य कुनै यौनरोग लाग्ने कुरा पनि भएन, न त गर्भ रहला कि भन्ने त्रास नै हुन्छ । हस्तमैथुन आफैंले गर्ने भएकोले यसमा अनेक यौनपरिकल्पना जोड्न सक्नुहुन्छ, जसले तपाईंलाई थप यौन आनन्द दिन सक्छ । 

हस्तमैथुनले हानि गर्दछ कि भन्ने चिन्ता धेरै व्यक्तिमा हुने गर्दछ । पुरुषमा लिंग र महिलामा भगाङ्कुरको घर्षण वा मर्दनले हाम्रो यौन उत्तेजना बढ्दै पछि गएर चरम सुखको स्थितिसम्म पुग्छौं । योनिसँगको होस् वा तपाईंको हात, लिंगलाई खास फरक पर्दैन, त्यसै गरी भगाङ्कुर वा योनिमा श्रीमान्को लिंग होस् वा तपाईंकै औंला । यौनसम्पर्कमा लिंग वा भगाङ्कुर वा योनिको घर्षण जति गरे पनि हुने र हस्तमैथुनमा गर्नै नहुने भन्ने होइन । त्यसै कारण यसबारे अनावश्यकरुपमा चिन्ता नलिनुभए हुन्छ ।

महिला हस्तमैथुन 

तपाईंले पहिले पनि हस्तमैथुन गर्ने गर्नुभएको भए त धेरै भन्नुपरेन । तर यदि छैन भने अलिकति चर्चा गर्नु मनासिब नै होला । महिलाहरूको यौनाङ्ग विशेष गरेर अलि भित्रतिर हुने भएको हुनाले होला, कतिपय महिलाले आफ्नो यौनाङ्गलाई पुरुषको दाँजोमा राम्ररी नियालेर हेरेका पनि हुँदैनन् । आफ्नै अङ्गको बारेमा आधारभूत जानकारी राख्नु आवश्यक कुरा हो । हस्तमैथुनको थालनी आफ्नो शरीरबारे, त्यसमा पनि विशेष गरी यौनाङ्गबारे जानकारी पाउने कार्यमा सहयोगी हुन सक्छ । 

महिलामा प्रत्यक्षरुपमा योनिलाई नै यौनाङ्ग ठानिन्छ । महिलाहरूमा योनिबाहेक अन्य विभिन्न अङ्गहरू पनि यौनको दृष्टिकोणले संवेदनशील हुन्छन् । जस्तै कि भगक्षेत्र, ठूलो तथा सानो भगोष्ठ, भगाङ्कुर, स्तन । त्यसदेखि बाहेक मुख तथा अधर, नितम्ब, गुदद्वार, मलाशय, चर्म (छाला) लाई हामीले यौन अङ्गको रुपमा लिने नगरे पनि यी अङ्गहरु पनि यौन संवेदनशील हुन्छन् । त्यसै गरी जाँघ, तिघ्राको 

भित्री भाग, घाँटी, काखी यौन संवेदनशील हुन सक्छन् । स्पर्शको अनुभूति विभिन्न किसिमका हुन सक्छन्, जस्तै कि मर्दन, हल्का स्पर्श, सुमसुम्याइ आदि । महिलाहरूले विभिन्न यौन अङ्गहरूलाई प्रयोगमा ल्याई हस्तमैथुन गर्न सक्छन् । हस्तमैथुन गर्दा यौन परिकल्पना एक महत्वपूर्ण पक्ष हो । 

भगाङ्कुर चलाउनु: भगाङ्कुर चलाउनु वा यसको घर्षण नै महिला चरमसुखमा पुग्ने शायद सबैभन्दा महत्वपूर्ण यौन क्रियाकलाप हो । यस्तै ९० प्रतिशत महिलामा यौन संवेदनशीलताको केन्द्रको रुपमा यो नै रहेको हुन्छ । आफूलाई सजिलो लाग्ने वा मन पर्ने कुराले यसलाई चलाउन सकिन्छ । चलाउने वा घर्षण गर्ने देखिबाहेक दबाब दिने, बिस्तारै 

हल्लाउने वा जोडले हल्लाउने वा यसलाई कुनै वस्तुमाथि थिच्नेजस्ता अनेक उपाय गर्न सक्नुहुन्छ । पानीको हल्का फोहराको प्रयोगलाई पनि कतिपय  महिलाहरू विशेष उत्तेजना प्रदान गर्ने कुराका रुपमा लिएका छन् । 

योनिमा केही पसाउनु: योनिमा केही पसाएर यौन आनन्द लिन सकिन्छ । यसो गर्दा योनिमा पर्याप्त मात्रामा रस आइसकेको हुनुपर्दछ र यौन उत्तेजना हुँदा यो स्वाभाविकरुपमा नै हुने गर्दछ । यस्तो नभएको स्थितिमा अन्य कुनै चिप्लो पदार्थको प्रयोग गर्न भने बिर्सनुहुँदैन । यस्तो पसाउने कुरा सफा भएको कुरा सुनिश्चित गर्नुपर्ने हुन्छ । 

औंला र यौन प्रसाधनको प्रयोग: भगाङ्कुर होस् वा योनि, हस्तमैथुनमा औंलाको प्रयोग नै महत्वपूर्ण हुन्छ । औंला बहु उपयोगी हुने भएको हुनाले नै चाहेअनुरुप दबाब, गति, तरिकामा गर्न सकिन्छ, जसले आनन्द थप्छ नै । यसबाहेक महिला शरीरको अन्य अङ्गहरूको स्पर्श, मर्दन वा सुमसुम्याइ पनि यौन आनन्द पाउने कुरामा सहायक नै हुन्छन् । कतिपय महिलाले पुरुषको लिङ्ग आकारको कृत्रिम वा प्राकृतिक वस्तु पनि प्रयोग गर्ने गर्दछन् । अंग्रेजीमा भ्राइबेटर भनिने यौन प्रसाधन विभिन्न किसिमको आकार तथा प्रकारमा पाइन्छ । तुलनात्मकरुपमा यसको प्रयोगले यौन आनन्द प्राप्त गर्न सजिलो भएको हुनाले पनि यो कैयौं महिलाले मन पराएका छन् ।  

कतिपय महिलाले आफ्नो यौनाङ्गलाई पुरुषको दाँजोमा राम्ररी नियालेर हेरेका पनि हुँदैनन् । आफ्नै अङ्गको बारेमा आधारभूत जानकारी राख्नु आवश्यक कुरा हो ।

श्रीमान्–श्रीमतीमा फोन सेक्स 

सामान्यतया फोन सेक्स श्रीमान्–श्रीमतीको सन्दर्भमा लिइँदैन । प्रविधिको विकास भएसँगै मानव समाजले यसलाई यौनसम्बन्धी कुरामा जहिले पनि प्रयोग गर्ने गरेको छ । एक किसिमले फोनको प्रयोग गरेर यौनसम्बन्धी क्रियाकलापमा संलग्न हुनु नै फोन सेक्स भन्न सक्छौं । सञ्चारको यस माध्यमबाट यौन क्रियाकलापमा संलग्न हुँदा प्रत्यक्ष कुराकानी मात्रै होइन, हेर्न र देख्न पनि सकिन्छ । सावधानी अपनाएमा गोपनीयता भङ्ग नभई यो गर्न सकिन्छ । यसले श्रीमान्–श्रीमतीबीचको सम्बन्धलाई पनि एक किसिमले निरन्तरता दिन सकिन्छ । त्यसै गरी यी कुराका सहायकका रुपमा यौन साहित्य, यौन चित्रमय पत्रिका वा चलचित्र सहयोगी हुन सक्छन् नै । 

अन्त्यमा, वैवाहिक जीवनको एक महत्वपूर्ण पक्ष यौनजीवन र सुख प्राप्ति हो । यत्रो त्याग गरेर विदेशमा काम गर्न जानु नै जायज छ कि छैन, त्यो पनि श्रीमान्सँग छलफल गर्नुहोस् । यहाँ नै साथसाथै बसी मेहनत गरे त राम्रै कमाउन नसकिने पनि त होइन नि !

 

प्रतिक्रिया दिनुहोस्