जनअदालत



नेपाली मसलामा औषधीय गुण  

रोगी र निरोगी हुने कुरा प्रमुखरुपमा खानेकुरामा निर्भर हुन्छ । गत चैत्र अंकको साधनामा ‘खान नजानेर रोगी नबनौँ’ भन्ने शीर्षकको लेखले मलाई धेरै सजग गरायो । उता बेलायतमा रहेर पनि क्यान्सर पीडित शुभेच्छा घिमिरेले नेपाली मसलाको उपभोग गरी एलोपेथिक औषधिको मात्रा घटाउन सफल भएको प्रसंग नेपालीहरुका लागि गौरवको कुरा हो । 

क्यान्सर उपचारका क्रममा २२ वटा औषधि खाइरहेको अवस्थामा औषधीय गुण भएका नेपाली मसलाको उपभोगका कारण नै त्यहाँका डाक्टरले शुभेच्छाको ५–६ वटा औषधि घटाइदिएका रहेछन् । शारीरिक लक्षणअनुसार ज्वानो, मेथी, अदुवा, लसुन, प्याजलाई विभिन्न तरिकाले सेवन गरेकाले एलर्जीलगायतका समस्यामा निकै राहत मिलेको र तोरीको तेलले मालिस गर्दा दुखाइ कम भएको शुभेच्छाको अनुभवलाई कम आँक्न मिल्दैन । 

– विन्दु अधिकारी, शान्तिनगर, काठमाडौं ।

 

प्रतिक्रिया दिनुहोस्