स्वास्थ्यका लागि उपयोगी खाद्यवस्त



दैनिक माछा सेवन गर्ने हो भने मस्तिष्कका लागि राम्रो हुन्छ । यसले मस्तिष्क तेजिलो अर्थात् तिखो बनाउन मद्दत मिल्छ । अमेरिकन मेडिकल एसोसिएसनको एक रिपोर्टका अनुसार माछा खानाले अल्जाइमरको खतरा कम हुन्छ । साथै दैनिक माछा खानेहरुमा स्ट्रोकको खतरा पनि कम हुन्छ । माछामा क्याल्सियम, म्याग्नेसियम, सेलेनियम, जिंक, आइरन, आयोडिन भरपूर मात्रामा हुन्छ । माछामा भिटामिन ‘डी’ हुने भएकाले यसले शरीरको मेटाबोलिजम र रोग–प्रतिरोधात्मक क्षमता बढाउँछ ।

माछामा भएको ओमेगा ३ फ्याट्टी एसिड तथा प्रोटिन हाम्रो स्वास्थ्यका लागि धेरै फाइदाजनक हुन्छ । यदि आफ्नो भोजनमा दैनिक माछा सामेल गर्ने हो भने मधुमेहको खतरा पनि कम हुन्छ । माछामा रहेको डीएचए र ईपीएले हाम्रो शरीरको रक्तधमनीका कोशिकाको रक्षा गर्दछ । रोज माछा सेवनले हार्ट अट्याकको खतरा पनि कम हुन्छ । माछामा रहेको प्रोटिनले हाम्रो शरीरको मेटाबोलिजमको स्तर बढाउँछ । यदि तपाईं मसल मजबुत बनाउन चाहनुहुन्छ भने दैनिक माछा सेवन गर्नुस् ।

आँपलाई फलको राजा मानिन्छ । आँपमा एन्टिअक्सिडेन्ट, भिटामिन ‘ए’, ‘बी’, ‘सी’, प्रोटिन तत्व प्रचूर मात्रामा हुन्छ । यी तत्वहरु हाम्रो स्वास्थ्यका लागि अति आवश्यक हुन्छ । यसमा पाइने भिटामिन ‘ए’ र रेटिनोलले आँखाको शक्ति बढाउँछ । फाइबर र भिटामिन ‘सी’ पाइने हुँदा यसले कोलेस्टेरोलको मात्रा घटाउन मद्दत पुग्छ । साथै पाचन प्रक्रिया राम्रो बनाउँछ । एन्टिअक्सिडेन्टले शरीरका कोषहरुमा फाइदा पुग्छ । आँपको सेवनले छालालाई समेत राम्रो बनाउँछ । यसको सेवनले क्यान्सर हुनबाट समेत बचाउन मद्दत गर्छ ।

आँप स्वास्थ्यवद्र्धक फल हो तर आँपसँगै वा यो खानासाथै कुनै–कुनै खाद्यवस्तु भने खानुहुँदैन । यदि खाएमा रियाक्सन भई शारीरिक समस्या हुन्छ । यस्तै कारण विभिन्न भोजभतेरमा धेरै जना बिरामी परेका समाचार हामीले सुनेकै छौं । त्यसैले आँप खानासाथ यी तीन चीज नखानुस् ।

१. दही:आँप खाएपछि २–३ घण्टासम्म दही खानुहँदैन । किनकि दहीमा हुने एसिडले आँपसँग प्रतिक्रिया गरी अमृतरुपी भोजन आँप विषको रुपमा परिणत हुन्छ । यसले गर्दा पेटमा समस्या उत्पन्न हुन्छ ।

२. खुर्सानी: आँप र खुर्सानी एकसाथ कहिल्यै खानुहुँदैन । आँप खाएको केही समयपछि पनि खुर्सानी खानुहुँदैन । यसले पेटमा जलन हुनुका साथै अन्य समस्या पनि निम्त्याउँछ ।

३. तिते करेला: आँप खाएको ३–४ घण्टासम्म पनि करेला खानुहुँदैन । यी दुवै चीज एकसाथ झनै खानुहुँदैन । आँप गुलियो तर करेला तीतो हुने भएकाले फरक गुण हुँदा बान्ता नै आउन सक्ने हुन्छ ।

मेवा स्वादिष्ट फल हो । यो फल स्वास्थ्यका लागि अति नै फाइदाजनक हुन्छ । त्यसैले यसलाई भगवान्को समेत प्यारो फल भनिन्छ । पाकेको वा काँचो दुवै रुपमा यसको सेवन गर्न सकिन्छ । काँचो मेवाको तरकारी वा अचार बनाएर उपयोग गरिन्छ । पाकेको मेवा प्रायः त्यसै खाने गरिन्छ । एउटा मेवामा १२० क्यालोरी हुन्छ । त्यसैले शारीरिक तौल बढी छ भने मेवा खान शुरु गरिहाल्नुस् । यसमा रहेको फाइबर्सले तौल घटाउन मद्दत गर्छ ।

दैनिक बिहान मेवा खाने हो भने कब्जियत न्यून गर्न मद्दत मिल्छ । पाचनशक्ति बढ्छ । यसले पेटको ग्यास हटाउँछ । यो एक प्रकारको पाचक रस हो । मेवामा अधिक औषधीय गुण हुन्छ । जो शरीरका लागि जरुरी हुन्छ । मेवामा भिटामिन ‘सी’ का अलावा भिटामिन ‘ए’ भरपूर मात्रामा पाइन्छ । भिटामिन ‘ए’ बाट आँखाको तेज बढाउन मद्दत मिल्छ ।

बढ्दो उमेरमा आउने समस्याहरुमा मेवा सेवन फाइदाकारक हुन्छ । यसले रोग–प्रतिरोध क्षमता बढाउँछ । महिलाको मासिक धर्ममा हुने पीडा कम गर्न मेवाले राम्रो भूमिका खेल्ने हुन्छ । मासिक धर्म नियमित गर्नमा सघाउ पुग्छ । यसमा हुने भिटामिन ‘सी’ र एन्टिअक्सिडेन्टका कारण कोलेस्टेरोल नियन्त्रण गर्न मद्दत पुग्छ ।

दैनिक खालि पेटमा केरा खाने गर्दा शरीर बन्ने मात्र होइन, शारीरिक कमजोरी पनि हटाउँछ । यदि तपाईं बिहान रोज खालि पेटमा केरा खाने गर्नुहुन्छ भने तपाईंले मुख्य तीन स्वास्थ्य समस्याबाट छुट्कारा पाउनुहुन्छ ।

१. दुब्लोपन हट्छ: यदि तपाईंको तौल बढेको छैन, शारीरिक कमजोरी छ भने दैनिक बिहान खालि पेटमा केरा खाने गर्नुस् । यसले तौल बढ्नुका साथै शारीरिक कमजोरी पनि हटाउँछ ।

२. ग्यास्टिकबाट छुट्कारा: जसलाई ग्यास्टिकको समस्या छ, उसले खालि पेटमा केरा खानु हितकर हुन्छ । बिहानको केराले दिनभर ग्यासको समस्या हुन दिँदैन । पछि गएर सदाका लागि पनि यो समस्या निराकरण हुनसक्छ ।

३. अनुहार सफा हुन्छ: दैनिक खालि पेटमा केरा खाने गरेमा अनुहारको दाग–धब्बा हराउन मद्दत पुग्छ । यसका साथै छालामा चमक आउँछ ।

यदि गर्मी याममा दैनिक काँचो प्याज खाने हो भने लु लाग्नबाट बच्न सकिन्छ । अघि–पछि पनि काँचो प्याज खाने गरेमा अन्य विभिन्न रोगबाट बच्न सकिने हुन्छ । क्यान्सरजस्तो घातक रोगबाट बच्न पनि यसले मद्दत पुर्‍याउँछ । हाई ब्लड प्रेसरका बिरामीले काँचो प्याज सेवन गर्दा फाइदा पुग्छ ।

प्याजमा सल्फर हुन्छ । यसले ब्लड सुगरमा पनि सकारात्मक प्रभाव पार्छ । काँचो प्याजले पाचन प्रणलीमा पनि सहयोग पुर्‍याउँछ । ग्यास्टिकको समस्या छ भने काँचो प्याज खाने गर्नु राम्रो हुन्छ । एक अनुसन्धानबाट क्यान्सरका कोषहरु खत्तम गर्न पनि प्याज सहयोगी हुने प्रमाणित भएको छ ।

प्रस्तुति: रोहिणी घिमिरे

स्रोत: hindi.catchnews.com

प्रतिक्रिया दिनुहोस्