रोचक जानकारी



१. हाच्छ्युँ गर्दा शरीरमा संक्रमित भाइरसका कोशिकाबाट छुटकारा पाइन्छ । एकपटक हाच्छ्युँ गर्दा औसत एक लाख भाइरसका कोशिकाहरु नौ मिटरसम्म फैलिने गर्छन् ।

 

२. गाडी चलाउँदा मोबाइल फोनको प्रयोग गर्नु धेरै खतरनाक हुन्छ । मोबाइल फोनमा कुरा गर्दै गाडी चलाउनु भनेको रगतमा मदिराको मात्रा .०८ युनिटभन्दा बढी भएको अवस्थामा गाडी चलाउनुजस्तै खतरनाक हो ।

 

३. अध्ययनअनुसार सन्तुलित खाना खानेहरुको मानसिक स्वास्थ्य राम्रो हुन्छ ।

 

४. नङको रङ्गले शरीरमा भएको अक्सिजन स्तर र रक्तसञ्चारको गुणस्तर देखाउन मद्दत गर्दछ ।

 

५ . हिँड्नु दौडिनुजत्तिकै स्वास्थ्यवद्र्धक हुन्छ ।

 

६. व्यायामले अल्जाइमरको जोखिम कम गर्न सक्छ ।

 

७. क्याफिनले हृदय रोग र मधुमेह रोगबाट बचाउन मद्दत गर्दछ ।

 

८. मानिसको शरीरमा पाइने कार्बनको मात्रा ९ हजार लीड पेन्सिल बराबरको हुन्छ ।

 

९. मांसपेशीय फाइबरहरू कपालजत्तिकै पातलो हुन्छ तर पनि यसले आफ्नो तौलभन्दा १ हजार गुणा बढी धान्न सक्ने क्षमता हुन्छ ।

 

१०. महिलाहरुमा गन्धको चेतना पुरुषहरुमा भन्दा बढी हुन्छ ।

 

११. यदि खालि पेटमा काम गर्ने हो भने, शरीरले मांसपेशीय कोषहरु जलाउँछ र ऊर्जा शक्ति घटाउने गर्दछ । साथै शरीरको बोसो पनि घट्ने हुन्छ ।

 

१२. मानिसको गन्ध थाहा पाउने चेतनाको स्मरण शक्तिसँग निकट सम्बन्ध रहेको छ । केही गन्धहरु तत्कालै भावना र स्मरण शक्ति दिनको लागि कारणको रुपमा रहेका हुन सक्छन् ।

प्रतिक्रिया दिनुहोस्