जन अदालत



के साधना प्रिन्ट कपी पाइँदैन ?

धेरै वर्षअगाडिदेखि मैले साधना पढ्ने गरेको हुँ तर पछिल्ला केही वर्षयता भने म यसको नियमित पाठक बन्न सकेको थिइन । केही महिनाअगाडि अनलाइनमा देखेकाले म पुनः यसको पाठक बन्न पुगेको छु ।

पुरानै स्तम्भकारहरु डा. प्रकाशराज रेग्मी, डा. हरिहर खनाल, डा. अरुणा उप्रेती, डा. राजेन्द्र भद्रा, डा. सुमनराज ताम्राकार, लक्ष्मण अधिकारी आदिका लेखहरु पढ्न पाउँदा खुशी लाग्यो । तर अनलाइनमा पढ्दा प्रिन्ट कपीमा पढेको जस्तो स्वाद आउँदैन । मलाई मात्रै त्यस्तो हो कि अरुलाई पनि हो, म भन्न सक्दिन । के आजकल साधना अनलाइनमा मात्रै हो ? यसको प्रिन्ट कपी पाइँदैन ?

– सुशान्त थापा, नारायणगढ, चितवन ।

(विगतमा जस्तै साधनाको प्रिन्ट हुँदै आएको छ । पाठकको सुविधाका लागि अनलाइनमा समेत राखिएको जानकारी गराइन्छ । –व्यवस्थापक)

प्रतिक्रिया दिनुहोस्