रोचक जानकारी



१. गर्भवती महिलाको रगतको मात्रा गर्भावस्थाको २० औं हप्तामा ५० प्रतिशतले वृद्धि हुने गर्छ ।

२. हाम्रो रगतमा ०.२ मिलिग्राम सुन हुन्छ ।

३. मिर्गौलाको एक एकाइ नेफ्रनले ४५ मिनेटमा रगतलाई फिल्टर गरेर सफा गर्न मद्दत गर्छ र हरेक दिन करिब ६ कप (२,००० मिलिलिटर) पिसाब मूत्रथैलीमा पठाउँछ । 

४. सर्दी एवं संक्रमण भएको बेलामा पातलो सिँगान बग्नु भनेको शरीरले विषाणु तथा कीटाणुहरू फ्याँक्ने कार्य गर्नु हो । 

५. कर्निया शरीरको एकमात्र यस्तो अंग हो जसमा रगत आपूर्ति हुँदैन र यसले हावाबाट सीधै अक्सिजन लिन्छ ।

६. औसत आकार भएको एकजना मानिसले आफ्नो जीवनकालमा करिब ३३ टन खाना खान्छ, जुन ६ वटा हात्तीको तौलबराबर हुन्छ । 

७. कुनै मानिसले आफूले माया गरेको व्यक्तिलाई हेर्दा आँखाको नानीको आकार ४५ प्रतिशतसम्म ठूलो हुने गर्छ । 

८. घरमा एक्लै लामो समयसम्म बसिरहँदा दिनको १५ खिल्ली चुरोट खाए बराबरको हानि शरीरमा पर्न सक्छ । 

९. शारीरिक व्यायाम गर्नाले हाम्रो दिमागको उमेर १० वर्ष जवान बनाउन मद्दत गर्दछ ।

१०. तपाईंले सुन्ने संगीतले तपाईंको विश्वलाई हेर्ने तरिकामा प्रभाव पार्छ ।

११. तपाईं जति बढी खुशी हुनुहुन्छ, त्यति नै कम निद्रा भए पुग्ने गर्छ । उदासिनताले निद्राको चाहनालाई बढाउँछ ।

१२. देब्रेपट्टिको दिमागले शरीरको दायाँपट्टि नियन्त्रण गर्दछ भने दायाँपट्टिको दिमागले शरीरको बायाँ भागलाई नियन्त्रण गर्दछ ।

१३. अध्ययनअनुसार जीवनसाथीसँग ठट्टा गर्‍यो भने सम्बन्ध बलियो हुन्छ ।  

१४. एक्वारियमले तनाव, चिन्ता, अनिद्रा र उच्च रक्तचापलाई प्रभावकारीरूपमा कम गर्दछ ।

१५. दुई भाषा बोल्न सक्ने मानिसले एक भाषाबाट अर्को भाषा बोल्न थाल्दा उसको व्यक्तित्व पनि स्वतः बदलिन सक्छ । 

प्रतिक्रिया दिनुहोस्