साधनाप्रतिको आकर्षण



म साधनाको नियमित पाठक हुँ । कोरोना महामारी र राजनीतिक अस्तव्यस्तताले जुनसुकै क्षेत्र पनि थला परेको अवस्थामा साधनाको प्रकाशनमा केही न केही असर त पक्कै प¥यो होला । तर पनि साधनाका स्तम्भकारहरुका लेखहरु अनलाइनमा नियमित पढ्न पाउँदा खुशी लागेको छ ।  हरेकपटक नयाँ कुरा लिएर आउने डा. प्रकाशराज रेग्मीप्रति धेरै आभारी छु । उहाँको लेख मेरा लागि साँच्चै नयाँ हुने गरेको छ । त्यस्तै डा. अरुणा उप्रेतीले पिसाब चुहिने समस्या, डा. सुमनराज ताम्राकारले बच्चा कि ट्युमर, डा. राजेन्द्र भद्राले यौनजीवनसम्बन्धी धेरै कुरा लेखेर हामी विशेष गरेर महिला पाठकलाई गुन लगाउनुभएको छ । मुटुदानसम्बन्धी लेखले अहिलेको प्रविधि र अंगदानको महत्वबारे दर्शाएको छ । समग्रमा साधनाको पुरानो पाठकको हैसियतले साधनाप्रति मेरो आकर्षण कायमै छ ।

– सीमा लामा, चावहिल, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्