रोचक जानकारी



१. पुस्तक पढ्ने गर्दा कोर्टिसोल हर्मोनको स्तर घटाउनुका साथै अस्वस्थकर तनाव दिने हार्मोनहरू ६८ प्रतिशतले कम गर्न मद्दत पर्‍याउने गर्छ ।

२. नयाँ भाषा सिक्दा वा नयाँ बाजाहरु बजाउन सिक्दा मस्तिष्कको काम गर्ने क्षमता बढ्ने गर्छ ।

३. चकलेट छालाको लागि राम्रो हो । यसमा पाइने एन्टिअक्सिडेन्टले रगत प्रवाहमा सुधार गर्नुका साथै युभीको क्षतिबाट बचाउने गर्छ ।

४. बारम्बार प्लास्टिकका बोतलहरूमा पानी राख्नाले रसायनहरू पानीमा मिसिने गर्छ । 

५. औसत २–३ केजी तौल भएको भर्खर जन्मेको बच्चामा १ कप रगत हुन्छ ।

६. फोनबाट निस्कने नीलो किरणले तपाईंको निद्रा लाग्ने प्रक्रिया (सिर्कादियन रिदम) मा गडबड गर्छ ।

७. ब्रोकाउलीमा भिटामिन ‘सी’ सुन्तलामा पाइनेभन्दा दोब्बर मात्रामा हुन्छ । यसमा दूधजत्तिकै क्याल्सियम हुने गर्छ र यो हाम्रो शरीरले सजिलैसँग अवशोषित गर्ने गर्छ ।

८. आँखाका मांसपेशीहरू शरीरमा सबभन्दा सक्रिय हुन्छन्, यो दिनमा १ लाखपटक भन्दा बढी चल्ने गर्छ ।

९. फर्सीको दानामा जिंक तत्व धेरै पाइने गर्छ, जसले शरीरको प्रतिरक्षा प्रणाली बढाउन मद्दत गर्छ । यसमा फ्याटी एसिड पनि धेरै हुन्छ । यसले हानिकारक परजीवीहरुलाई मार्छ ।

१०. हल्का हरियो केरा स्वास्थ्यको लागि पाकेको केराभन्दा उत्तम हुने गर्छ ।

११. विश्वभरि नै हृदय रोग मानव मृत्युको प्रमुख कारण हो । राम्रो खाना, व्यायाम गर्ने र लागू पदार्थ सेवन नगर्ने हो भने ८० प्रतिशत मृत्यु जोगाउन सकिन्छ ।

१२. विश्वमा दैनिक ८ सय महिला गर्भवती र बच्चा जन्माउने जटिलताका कारण मर्ने गर्छन् । 

१३. सरसफाइ, सफा पानी आपूर्ति, व्यक्तिगत सरसफाइ र पानीको स्रोतको व्यवस्थापन सुधार गर्ने हो भने १० प्रतिशत रोग कम गर्न सकिन्छ र ६.३ प्रतिशत मृत्यु दर घटाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्