तौल घटाउने केही टिप्स



  • बिहानको खाना वा ब्रेकफास्ट लिँदा प्रोटिन धेरै भएको खाना खानुपर्छ, जसले गर्दा  भोक कम लाग्छ र दिउँसो क्यालोरीयुक्त खानाको मात्रा कम हुन जान्छ ।  
  • चिनी धेरै भएका कोक, पेप्सी, डिउ, मिरिन्डा आदि, इनर्जी ड्रिङ्क र पाकेट बन्द जुसहरु नखाने ।
  • खाना खानुअघि पानी वा सुप खाने, जसले गर्दा क्यालोरीयुक्त खाना कम खाइयोस् । खानाअघि पानी खाँदा तौल घटाउन मद्दत पुगेको अध्ययनबाट पाइएको छ ।
  • जौ, गहुँको सम्पूर्ण भाग, सिमीका दाना, राजमा, बोडी, सूर्यमुखीको दाना, गाजर, सलगम, ब्रोकाउली, सखरखण्ड, नासपाती, अन्जिर, आरु, खुर्पानी, ओखर, अम्बा, स्याउ, एभोकाडो आदि घुलनशील फाइवर भएका वस्तुहरु खानाले तौल घटाउन सहयोग पुग्छ । 
  • चिया कफी आदिमा पाइने क्याफिनले पाचन प्रक्रियालाई सहज बनाउँछ । 
  • खानाको छनौट गर्दा सम्पूर्ण खाना अर्थात् अन्न वा फलफूलको खान मिल्ने सम्पूर्ण भाग छान्नुपर्छ । यसरी खाँदा प्राशोधित खानाभन्दा कम खानाले नै सन्तुष्टि दिन्छ ।
  • खाना छिटो–छिटो खाने बानीले तौल बढाउँछ, त्यसकारण खाना खाँदा बिस्तारै राम्ररी  चपाएर खानुपर्छ ।
  • निन्द्रा पूरा हुने गरी सुत्नुपर्छ । राम्रो सुताइ नहुनु पनि तौल बढ्नुको एउटा कारण मानिएको छ ।
  • हप्तामा ६ दिन पसिना आउने गरी दैनिक ४५ मिनेट जति हिँड्ने वा एक्सरसाइज गर्ने बानीले तौल छिटो घटाउन सहयोग गर्छ ।
  • तारे–भुटेका खाना, बोसोयुक्त खाना सकेसम्म नखाने ।
  • बसेर गरिरहने काम छ भने एक–एक घण्टामा उठ्नु फाइदाजनक हुन्छ । 
  • खानेबित्तिकै नसुत्ने, खाना खाएपछि १०–१५ मिनेट हिँड्दा तौल घटाउन र पाचन प्रक्रियामा सहयोग पुग्छ । 

स्रोत: हेल्थ लाइन

प्रतिक्रिया दिनुहोस्