रोचक जानकारी



१. मानिस भोकबाट भन्दा निद्राको अभावबाट छिटो मर्न सक्छ । दश दिनसम्म नसुती बस्यो भने मृत्यु हुने सम्भावना धेरै हुन्छ, जबकि भोकबाट मृत्यु हुन अझ धेरै दिन लाग्ने हुन्छ ।

२. दिनमा ८ घण्टा काम गर्ने मानिसमा भन्दा ११ घण्टा वा सोभन्दा बढी काम गर्ने मानिसमा हृदयघात हुने सम्भावना ६७ प्रतिशत बढी  हुन्छ ।

३. एक प्रतिशत मानिसले इन्फ्रा रेड लाइट देख्न सक्छन् र एक प्रतिशतले अल्ट्रा भायोलेट विकिरण देख्न सक्छन् ।

४. दाहिने हात प्रयोग गर्ने मानिसको लागि डिजाइन गरिएको मेसिनको प्रयोग गर्दा बायाँ हात प्रयोग गर्ने २० लाखभन्दा धेरै मानिसको मृत्यु गल्तीले गर्दा हुने गर्छ ।

५. गर्भावस्थाको समयमा यदि आमाको अंगमा क्षति पुग्यो भने पेटमा भएको बच्चाले स्टेम सेल क्षतिग्रस्त अंगमा पठाउँछ र मर्मत गर्न सहयोग पुर्‍याउँछ ।

६. दैनिक एक प्याकेट चुरोट खाने मानिसले एक वर्षसम्म यसै गरी खाँदा टार नामक हानिकारक रसायन आधा कप पिए बराबर नै हुन्छ ।

७. कुनै साथी नहुनु भनेको धूमपान गर्नुजत्तिकै घातक हुनसक्छ ।

८. केटीहरुमा भन्दा केटाहरुमा अटिजम हुने सम्भावना लगभग पाँच गुना बढी हुन्छ ।

९. ठिक्क तौल भएका गर्भवती महिलालाई प्रतिदिन ३ सय क्यालोरी बढी खानाको मात्र आवश्यकता पर्छ ।

१०. मस्तिष्कमा ५ देखि १० मिनेटसम्म अक्सिजनको कमी भयो भने यसले मस्तिष्कलाई स्थायीरुपमा क्षति पुर्‍याउँछ ।

११. हवाईजहाजमा उडान गर्ने क्रममा मानिसको कपाल दुई गुणा छिटो बढ्ने गर्छ ।

प्रतिक्रिया दिनुहोस्