रोचक जानकारी



१. मानिसको शरीरमा भएका अंगहरुमध्ये उच्चतम रक्तप्रवाह मिर्गौलामा हुन्छ नकि मुटु, कलेजो वा मस्तिष्कमा ।

२. मानव मस्तिष्कले पुराना यादहरुलाई फिल्टर गर्न र हटाउन सक्दैन ।

३. छालाको कोशिका नवीकरण प्रक्रिया पूर्ण हुन लगभग २८ दिन लाग्छ ।

४. मानिसको निद्राको एक चरणलाई र्‍यापिड आई मुभमेन्ट (Rapid eye movement (REM)) भनिन्छ । यो चरणमा मानिसले सबैभन्दा बढी सपना देख्ने गर्छ ।

५. चिलाएको ठाउँमा कन्याउँदा कहिलेकाहीँ हाम्रो शरीरले सेरोटोनिन ९क्भचयतयलष्ल० नामक हर्मोन निकाल्छ, जसले झन् बढी चिलाउने गर्छ।

६. मानिसहरु बूढो हुँदै जाँदा उनीहरुको छाला पातलो, सुख्खा र कम लचक हुने गर्छ, जसले गर्दा चाउरीपना देखा पर्न थाल्छ ।

७. मुटु शरीरको एकमात्र यस्तो मांसपेशी हो जुन कहिल्यै थाक्दैन ।

८. मानिसको कान आफैं सफा हुने गर्छ ।कानमा पाइने मैनले कान सफा राख्न र ब्याक्टेरियाबाट बचाउन मद्दत गर्छ ।

९. मानिसको आँखा यति तेजिलो हुन्छ कि २।७ किलोमिटर टाढाको मैनबत्तीको प्रकाश पनि देख्न सक्छ ।

१०. ब्रेकफास्टभन्दा पहिले व्यायाम गर्ने हो भने यसले अधिक बोसो घटाउन मद्दत गर्छ ।

११. खुट्टाको पैतालामा सबैभन्दा धेरै पसिना ग्रन्थि र स्नायु हुन्छ ।

१२. भित्री वायु प्रदूषण बाहिरभन्दा धेरै खराब हुन्छ ।

प्रतिक्रिया दिनुहोस्